-->
नयाँ शक्तिको कार्यक्रममा भारतीय राजदूतका लागि ताली बजेन

काठमाडौं ३० जेठ– नयाँ शक्ति पार्टी घोषणा सभामा निम्तो मान्न पुगेका नेपालका लागि भारतका राजदूूत रञ्जित रेलाई उद्घोषकले स्वागत गर्दा कसैले ताली बजाएनन् । उद्घोषक पासाङ शेर्पाले ‘छिमेकी मुलुक भारतका राजदूत रञ्जित रेलाई जोडदार तालीका साथ स्वागत गरिदिन आग्रह गर्दछु’ भने । तर दशरथ रंगशालामा उपस्थित नयाँ शक्तिका हजारौं सदस्यहरुले ताली बजाएनन् । राजदूत रेले भने आफ्नो लागि छुट्टयाइएको कुसीमा आसन ग्रहण गरे । काठमांडू टुडेमा खबर छ | 





0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.