-->
अस्ट्रेलियाली निर्वाचनमा नेपालीहरुको सक्रियता बढ्यो

अस्ट्रेलिया । स्थायी बसोबास अस्ट्रेलिया बनाइसकेका गैरआवासीय नेपालीहरुलाई त्यहाँको राजनीतिक दलहरुले आफ्नो पक्षमा पार्न लविङ गरिरहेका छन् ।   हालै सरकारमा रहेको राजनीतिक दल 'लिवरलको' नेपाली शाखामा 'लिबरल फ्रेन्डस अफ नेपाल' स्थानीय उमम्मेदवार हरुकोलागि नेपाली समुदायसँग भेटाएर चिनजान गराइरहेको छ भने अर्को मुख्य राजनीतिक दल 'लेवरका' उमम्मेदवारहरु समेत नेपाली समुदायका व्यक्तिहरु र नेपाली शुभचिन्तकहरुसँग विभिन्न कार्यक्रम मार्फत भेट गरिरहेका छन् ।   यही जुलाईको २ मा हुन गइरहेको अस्ट्रेलियाको राष्ट्रिय निर्वाचनका निम्ती नेपालहिरु सक्रिय भएका हुन् ।   उनीहरुलाई यहाँको राजनीतिक दलका ठूला साना नेताहरुले समेत राम्रै स्थान दिरहेका छन् ।    मुख्य दुई राजनीितक दललाइ नेपाली शाखा स्थापना मार्फत परिचालित हुन सजिलो भएको छ ।   नेपालीहरु अहिले आफ्नो क्षेत्रका उमम्मेदवाहरुको प्रचारप्रसारमा व्यस्त छन् । यहाँ रहेका रेल, बस स्टेशस लगायतका स्थानमा भेला भएर नेपालीहरु आफ्नाे उम्मेदवारको पक्षमा भोट माग्दै हिडँडेका छन् ।   केही त उनीहरुको कार्यालयमा गएर मतदाताहरुलाई फोन गरेरै भोट समेत मागिरहेका छन् ।   यो वास्तवमै सकारात्मक र राम्रो पक्ष हो हामी नेपालीहरुका लागि लागि सत्ताधारी लिवरलको शाखा 'लिबरल फ्रेन्डस अफ नेपाल'का संयोजक श्री नापितले भने ।   उनका अनुसार 'यसले नेपालीहरुसँग दोहोरो सम्बन्ध कायम गर्न मद्धत मात्र पुग्दैन कि आवश्यक परेको समयमा सहयोग लिन समेत सहज हुन्छ ।' कान्तिपुर दैनिकमा समाचार छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.