काठमाडौं, ३१ जेठ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको अध्यक्षका लागि सत्तारुढ दल नेकपा (एमाले) निकट कर्मचारी संगठनबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा बिबाद देखिएको छ ।
सकेसम्म सहमतिमै ट्रेड युनियनको अध्यक्षका लागि नाम पठाउने विषयमा परामर्शहरू भएपनि त्यसले अहिलेसम्म ठोस रुप पाउन सकेको छैन । हालै सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले निकट कर्मचारी संगठनले अत्याधिक बहुमतका साथ जित हासिल गरेको छ।
आधिकारिक ट्रेड युनियनको अध्यक्षका लागि नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष भोलानाथ पोखरेल र वर्तमान अध्यक्ष पुण्यप्रसाद ढकालबीच प्रतिस्पर्धा रहेको छ । दुबैले अध्यक्षका लागि दाबी गरिरहेका छन् ।
संगठनभित्रको क्रियाशीलता र कर्मचारीका मुद्दा आफूले धेरै उठाएको दाबी पूर्व अध्यक्ष पोखरेलको छ । ‘मैले निजामती कर्मचारीहरूभित्र ट्रेड युनियन अधिकार हुनुपर्छ भनेर ०५४ सालदेखि अवाज उठाउँदै आएको व्यक्ति हुँ’, पोखरेलले भन्नुभयो, ‘मेरोसमेतको सक्रियतामा अहिले हाम्रो संगठनले ठूलो जित हासिल गरेको छ । अबका दिनमा संगठनका उद्देश्य र निजामती कर्मचारीलाई व्यवस्थित बनाउन पनि अध्यक्षको जिम्मेवारी पाउँदा कुशलताका साथ जिम्मेवारी बहन गर्न सक्छु ।’
हुन त पूर्व अध्यक्ष पोखरेललाई एमाले महासचिव ईश्वर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपालले भित्रैबाट सहयोग गरिरहेको आरोप पनि छ । तर, पोखरेलले पार्टीका शीर्ष नेताहरूको साथ र समर्थन सबैलाई रहने भन्दै कर्मचारीका हक, अधिकार र मुद्दालाई जसले संगठित र व्यवस्थित रुपमा चलायमान रुपमा अगाडि बढाउँछ उसैलाई जिम्मेवारी दिनुपर्ने बताउनु हुन्छ ।
निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षसहित ११ सदस्य छान्नका लागि एमाले निकट कर्मचारी संगठनको केन्द्रीय समितिको बैठक असार १ र २ गतेलाई बोलाइएको छ ।
हुन त निजामतीमा ट्रेड युनियनको अधिकार दिनु हुँदैन भनेर लबिङ गरेको आरोप अध्यक्ष पुण्य ढकाललाई छ ।
dainiknepal
यस कारण अध्यक्षमा उपयुक्त हुन सक्छन्
Powered by Blogger.
0 comments
प्रतिक्रिया दिनुहोस्...