-->
महान बक्सर मोहम्मद अलीको निधन

जेष्ठ २२, २०७३- पूर्व बक्सिङ हेभीवेट च्याम्पियन मोहम्मद अलीको ७४ वर्षको उमेरमा निधन भएको उनको पारिवारिक प्रवक्ताले बताएका छन् ।

उनी गत बिहिबार अमेरिकाको एरिजोना राज्य फिनिक्स सहरको एक अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । अली श्वासप्रस्वास तथा पार्किन्सनको समस्याबाट ग्रस्त भएको बताइएको छ ।

अलीको दाहसंस्कार उनकै गृहनगर केन्टकीको लुइसभिलमा गरिने परिवारद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

अलीकाे बक्सिङ करिअर

  • सन् १९६० मा अाेलम्पिक लाइट-हेभीवेटमा स्वर्ण पदक
  • सन् १९६० मा व्यवसायिक बक्सरकाे मान्यता प्राप्त ।
  • सन् १९६४-६७, १९७४-७८, १९७८-७९ मा विश्व हेभीवेट च्याम्पियन
  • कुल ६१ खेलमा ५६ मा जित (३७- नकअाउट, १९- डिसिजन), ५ हार (४- डिसिजन, १- रिटायरमेन्ट)


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.