-->
राष्ट्रिय सहमति नभइ प्रधानमन्त्री बन्दिनँ : दाहाल

जेष्ठ २१, २०७३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सहमतिको सरकार बनेमात्रै आफूले प्रधानमन्त्री स्वीकार्ने बताएका छन् । एमालेसँग भएको ९ बुँदे सम्झौतामा राष्ट्रिय सहमतिको सरकार बनेको खण्डमा आफूले नेतृत्व गर्ने सहमति भएको पनि उनले बताए । 



‘जसले जे भनेर चर्चा परिचर्चा गरे पनि एमालेसँग भएको ९ बुँदे सम्झौतामा पनि कांग्रेस, मधेसीलगायत अन्य दलहरुको राष्ट्रिय सरकार भएमा मैले सरकारको नेतृत्व गर्ने सहमति छ,’ दोलखाको चरिकोटमा आयोजित कार्यक्रममा उनले भने ।

‘राष्ट्रिय सहमति नभइ प्रधानमन्त्री बन्नुको अर्थ छैन,’ माओवादी केन्द्र दोलखाको चौथो जिल्ला अधिवेशनमा बोल्दै दाहालले भने । ‘यस्तै अवस्थामा पटकपटक सरकार गिराउने र बनाउने खेल खेलेर राष्ट्र र जनतालाई कुनै लाभ हुनेछैन,’ उनले भने ।

‘सबैले मलाई पदका लागि लोभी छ भन्छन,’ उनले भने, ‘मैले नै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरें, त्यसपछि मात्र म लोभी होइन रहेछ भन्न थाले ।’ उनले भर्खरै पनि कांग्रेस र मधेसी दलहरुले आफूलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दा पनि आफूले नमानेको बताए । ‘मैले राष्ट्रिय सहमतिका लागि नमानेको हुँ,’ उनले भने । 

उनले भूकम्प पीडित जनतालाई ५ लाख अनुदान दिने विषय जोड्दै भने, ‘बाइ द वे प्रधानमन्त्री भएँ भने पहिलो काम निव्र्याजी ऋण भनिएको ३ लाखलाई अनुदानमा परिणत गर्छु ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.