-->
जंगली च्याउ नखान आग्रह

काठमाडौं, जेठ २१ – देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० भन्दा बढीको मृत्यु भएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि जंगली च्याउ नखान सर्वसाधारणलाई अनुरोध गरेको छ ।

महाशाखाले विज्ञप्ति जारी गरेर जंगल, भिर, कान्ला, खोल्सा र बारीमा आफैँ उम्रने च्याउ धेरैजसो विषालु हुने र यसको सेवनबाट मृत्यु हुने सम्भावना बढी हुने भएकाले प्रयोग नर्गन आग्रह गरेको हो । महाशाखाले व्यावसायिक रुपमा कृषकले खेती गरी उत्पादन गरेका च्याउ मात्र खान अपिल गरेको छ । 

पटकपटक विषादियुक्त च्याउका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सन्देश प्रवाह गरिरहे पनि विषाक्त च्याउको सेवनबाट मृत्यु हुने र बिरामीको सङ्ख्यामा कमी आउन नसकेको महाशाखाले उल्लेख गरेको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.