-->
फुटबल स्टार रोनाल्डोले ८ करोड दान दिने

स्पेन-क्रिस्टियानो रोनाल्डोले च्याम्यिन्स् लिग फाइनलको बोनस प्राप्त ८ करोड रुपैयाँ दान दिने भएका छन्।
रियल मड्रिडका स्टार रोनाल्डोले गतसाता सम्पन्न च्याम्यिन्स् लिगको फाइनलका प्राप्त जित पछि खुशी मनाउँदा उनको शैलीलाइ लिएर धेरै नै आलोचना भएको थियो। तर पछि उनले गरेको सामाजिक भावनाप्रेरित कामले भउ उनीप्रतिको आलोचना घटाएको छ।
सो खेलमा निर्धारीत ९० मिनेट र थपिएको ३० मिनेटसम्म कुनै चमत्कार नदेखाएका रोनाल्डोले पेनाल्टि सुटआउट मार्फत विजयी गोल गर्दा माहाैल एकाएक उत्साही बनेको थियो।
उनले सो खेल पश्चात्त आफूले पाएको पुरस्कार च्यारिटीका लागि दिने निर्णय लिएका छन् ।
म्याचेस्टर युनाइटेडका पूर्व खेलाडी पेपे स्ट्राडाले रोनाल्डोले राम्रो कार्यका लागि सो खेल पछि प्राप्त गरेको ७ करोड ९७ लाख बराबरको रकम रोनाल्डोले दान गरेकोमा खुसी व्यक्त गरे ।
गत वर्ष विश्वकेै परोपकारी खेल व्यक्तित्व घोषित रोनाल्डोले सो खेल अघि नै आफ्ना एजेन्ट जर्ज मेन्डिसलाई एक गैर सरकारी संस्थालाई झन्डै ७ करोड रकम प्रदान गर्न भनेका थिए ।
३१ वर्षीय पोर्चुगलका स्टारले यस अघि पनि युनिसेफ, वल्ड भिजन र सेभ दि चिल्ड्रेन जस्ता सस्था मार्फत विभिन्न परोपकारी काममा रकम दिइसकेका छन् ।
गत वर्ष नेपालमा गएको भुकम्पमा परेका भुकम्प पिडितहरुलाई पनि रोनाल्डोले ७ करोड बराबरको रकम एक च्यारीट मार्फत प्रदान गरेका थिए ।।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.