-->
केसी एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त

वाशिंगटन डिसी । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसी अमेरिकाको म्यासाचूसेट्स राज्यको लागि एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त भएका छन् ।

केसीलाई म्यासाचूसेट्स राष्ट्र मण्डल गभर्नर को कार्यालयले गत जुन १ तारिख देखि लागु हुने गरि उक्त पदमा नियुक्त गरेको छ । उनलाई म्यासाचूसेट्स राष्ट्र मण्डल का गभर्नर चार्ल्स डि बेकरले उक्त आयोगका सदस्य पदमा मनोनित गरेका हुन् ।

विभिन्न संघ तथा संस्था तथा सामाजिक सेवामा आफ्नो योगदान पुर्याएका केसी बिगत ३५ बर्ष देखि अमेरिकामा परिवार सहित बोस्टनमा बस्दै आएका छन् । उक्त नियुक्त पत्रमा केसीलाई आफ्नो उत्तरदायी बहन सुरु गर्नु अगाडी सपथ ग्रहण गर्नै पर्ने जनाएको छ ।

सरकारका गभर्नर प्रतिनिधि क्यारिन ई पोलिटो तथा चार्ल्स दि बेकरले म्यासाचूसेट्स राष्ट्र मण्डलमा केसीको सेवा गर्ने राजीखुसी मा कदर गर्ने उक्त नियुक्त पत्रमा उल्लेख छ ।

एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त भए पछि केसीले खुसि व्यक्त गर्दै आफ्नी जीवन संगिनी पत्नी तथा सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद दिएका छन् ।  हामी अवसरको भुमि अमेरिका आएका छौ । हामी केवल दालभातमा मात्र समय खेर फाल्नु हुदैन केसीले भने ।  उनले अगाडी भने अब नेपाली समुदायको जन घनत्व बढ्दै गएकोले हामी मुलधारमा अब जानु पर्छ ।

यहाँको सरकार संग मिलिजुली काम गर्दै नेपाल र नेपालीलाई कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरामा आफु चिन्तित रहेको बताए ।  यहाँबाट के कुरा नेपाललाई दिने हो भन्ने बिषयमा आफु केन्द्रित रहेको बताए ।  र ,उनले थपे नेपालको सिंह दरबारको राजनीति अमेरिकामा गर्न छोड्नु पर्छ अनि मात्र हामी नेपाली अमेरिकामा उभो लाग्ने बताए



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.