-->
कातारमा भयानक सडक दुर्घटनामा परि ६ नेपालीले ज्यान गुमाए ,६ घाइते ! यसरी भएको थियो दुर्घटना !

road-traffic-accidentsकाठमाडौं :कतारको अलखोरमा शुक्रबार सडक दुर्घटनामा परि ६ नेपालीको मृत्यु भएको छ । तीब्र गतिमा हुइँकिएको गाडी ठोक्किएर दुर्घटना भएको घटनास्थलमै रहेका कतारमा राेजगार गर्दै अाएका पत्रकार कलमबहादुर शाहीले जानकारी दिए ।स्थानीय समयअनुसार विहान ७ बजेर ५० मिनेट जादा उक्त दुर्घटना भएको हो । तीब्र गतिमा आएको गाडीको टायर पञ्चर भई अनियन्त्रित भएर दुर्घटना भएको शाहीले बताए । दुर्घटनामा परी अन्य ६ जना गम्भीर घाइते भएका छन् । घाइतेको हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको छ । मृत्यु भएका नेपालीहरुको सनाखत भइसकेको छैन । घटनास्थलमा उद्धार कार्य जारी रहेको छ ।खबर डबली बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.