भूकम्पबाट क्षतिग्रस्त काठमाण्डूका विश्वसम्पदा स्थलमा अघि बढिरहेको पुनर्निर्माण अनुमानित समयमा नसकिने चिन्ता धेरैलाई छ।
भूकम्पका कारण देशभर ७०० भन्दा बढी पुरातात्विक सम्पदा स्थल क्षतिग्रस्त भएका छन् भने १३९ वटा पूर्णरुपमा ध्वस्त भएको सरकारी तथ्यांक छ। तस्वीरहरुः हरिदेवी रोकाया
आन्तरिक तथा बाह्य पर्यटकका आकर्षणको केन्द्रको रुपमा रहेका विश्वसम्पदा सूचीमा सूचीकृत काठमाण्डूका ७ वटा सम्पदा स्थल आंशिक वा पूर्ण क्षतिग्रस्त भएका छन्।
आन्तरिक तथा बाह्य पर्यटकका आकर्षणको केन्द्रको रुपमा रहेका विश्वसम्पदा सूचीमा सूचीकृत काठमाण्डूका ७ वटा सम्पदा स्थल आंशिक वा पूर्ण क्षतिग्रस्त भएका छन्।
पुरातत्व विभागले सबै पुरातात्विक सम्पदाको पुनर्निर्माण गर्नका लागि अनुमानित १८ देखि २० अर्ब रुपैयाँ लाग्ने बताएको छ।
सबै सम्पदाको पुनर्निर्माण गर्न ५ वर्ष समय लाग्ने अनुमान गरिएको छ तर विज्ञहरु भने यति समयमा पुनर्निर्माण सकिनेमा आश्वस्त छैनन्।
भूकम्पका कारण कतिपय ऐतिहासिक सम्पदा अस्तव्यस्त बनेपछि छरिएका काष्ठकला र मूर्तिकलाका बारेमा चिन्ता व्याप्त छ।
भूकम्पपछि धूलो र भग्नावशेषका कारण सम्पदा कुरुप देखिन थालेपछि चांगुनारायण लगायतका सम्पदा स्थलमा सरसफाई थालिएको छ।
पुरातत्व विभागको नेतृत्वमा काठमाण्डू उपत्यका भित्र र बाहिर गरेर १०० भन्दा बढी सम्पदा स्थलमा पुनर्निर्माणको काम अघि बढेको छ।
सम्पदाहरुलाई पूर्ववत रुपमा कलात्मक देखाउनका लागि काष्ठकला राख्ने उद्देश्यले कालिगढहरुले पाटन लगायतका स्थलमा काम शुरु गरेका छन्।
पर्यटकहरुका लागि आकर्षक रहेका कतिपय सम्पदा स्थल अझै जोखिमयुक्त भनिएकाले पर्यटनकमा लागि पूर्णरुपमा खुल्न सकेका छैनन्।
- क्षतिग्रस्त भएका पनि आस्थाका केन्द्र रहेका यी सम्पदा स्थलमा विवाह र व्रतबन्ध लगायतका सामाजिक कार्यक्रम जारी छन्।
0 comments
प्रतिक्रिया दिनुहोस्...