-->
‘गरिब’को अस्पताल २५ सय शय्याको बन्ने, जग्गा खोज्दै सरकार

काठमाडौं, २४ जेठ । चिकित्सा विज्ञान राष्ट्रय प्रतिष्ठान (न्याम्स)अन्तर्गतको वीर अस्पताल दश वर्षभित्र दुई हजार पाँच सय शय्याको बन्ने भएको छ ।

अहिले अस्पताल रहेको क्षेत्रमा एक हजार तीन सय शय्यासहितको सुविधासम्पन्न वीर केन्द्रीय सिटी अस्पताल र दुई सय शय्याको अत्याधुनिक ट्रमा सेन्टर गरी एक हजार पाँच सय शय्या पुर्याउने तयारी सरकारको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पाँच सय रोपनी जग्गामा थप एक हजार शय्या थपेर अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक अस्पताल बनाउने घोषणा सरकारले बजेटमार्फत गरिसकेको छ ।

पुरातत्त्व विभागको अवरोध नौतले नया भवन यसैबर्षदेखि बनाउन शुरु गर्ने सरकारको योजना छ । तर, पुराना संरचनामध्ये एउटा भवन ऐतिहासिक महत्वको रहेको भन्दै पुरातत्त्व विभागले भत्काउन दिएको छैन ।

वीर अस्पतालको आकस्मिक कक्षअगाडिको हरियो झ्याल भएको भवन राणाकालमा बनेको ऐतिहासिक भवन भएको भन्दै विभागले भत्काउन मानेको छैन ।

ऐतिहासिक भवन भत्काउन विभागको सिफारिसमा मन्त्रिपरिषद्ले स्वीकृति दिनुपर्छ । सिफारिस नपाउादा भत्काउन ढिलाइ भएको छ ।

त्यही ठाउामा नयाा भवन नौतले भवन निर्माण गरेपछि वीरको भवनलाई भत्काएर थप ६ सय ५० बेडको अत्याधुनिक अस्पताल निर्माण गर्ने योजना न्याम्सको छ । २३ रोपनी क्षेत्रफलमा बन्ने सो भवन कति तलाको हुने भन्ने यकिन भइसकेको छैन ।

नौतले भवनमा नर्सिङ कलेज

वीर अस्पताल अगाडिको न्याम्सअन्तर्गतको नर्सिङ क्याम्पस र चिकित्सक, कर्मचारी बस्दै आएको आवासीय भवन भत्काएर सोही स्थानमा अन्डरग्राउन्डसहित नौतले भवन बनाउने तयारी भएको छ ।

१७ रोपनी पाँच आना क्षेत्रफलमा बन्ने सो भवनमा ६ सय ५० बेडको अत्याधुनिक सुविधासम्पन्न अस्पताल हुनेछ । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका प्रा.डा. गणेश गुरुङले बताए ।

‘यसै वर्ष त्यहाँका भवन भत्काएर काम सुरु हुन्छ,’ उनले भने, ‘काम सुरु गरेको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना छ ।’ भवन निर्माण गर्न यस वर्ष सात करोड रुपैयाँ छुट्याइएको छ ।

अन्डरग्राउन्डको पहिलो तलामा अस्पताललाई चाहिने ठूला इक्युप्मेन्ट र क्यान्सर विभाग रहनेछ । न्याम्सले तयार पारेको योजनाअनुसार अन्डरग्राउन्डको दोस्रो तलामा पूरै पार्किङ हुनेछ ।

भुइँ तलामा रेडियोलोजी विभाग, पहिलो तलामा शल्यक्रिया कक्ष, दोस्रो तलामा आइसियू र पोस्ट अपरेटिभ वार्ड रहनेछ । भवनको तेस्रोदेखि छैटौँ तलासम्म विभिन्न वार्डका शय्या रहनेछन् ।

हजार बेडको अत्याधुनिक अस्पताल

वीरलाई हजार शय्याको अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक अस्पताल बनाउन विस्तृत अध्ययन हुँदै छ । दश अर्ब लागतमा पाँच सय रोपनीमा फैलिने अस्पतालसँगै न्याम्सको मुख्यालय, नर्सिङ क्याम्पसलगायत शैक्षिक कार्यक्रम सञ्चालन हुने उपकुलपति प्रा.डा. गणेश गुरुङले बताए ।

६ वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना छ । भारत र चीन दुवैको चासो सरकारले मेघा प्रोजेक्टका रूपमा लिएको वीर अस्पताललाई अत्याधुनिक बनाउने योजनामा सघाउन चीन र भारत दुवै देशले चासो देखाएका छन् । ‘दुवै देशबाट प्रस्ताव आउँदा कसको प्रस्ताव स्वीकार गर्ने भन्ने अप्ठ्यारो भएको छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

जग्गा खोज्दै सरकार

अत्याधुनिक अस्पताल निर्माणका लागि सरकारले उपत्यकाभित्रका ६ स्थानमा जग्गा हेरिरहेको छ । शिक्षा मन्त्रालयको सानोठिमीमा रहेको जग्गा, हिमाल सिमेन्टको जग्गा, सुन्दरीघाट मलपोखरीमा रहेको काठमाडौं उपत्यका खानेपानी संस्थानको जग्गा, कृषि मन्त्रालयको खुमलटारको जग्गा, गोठाटारको पशुपति मन्दिरको गुठी जग्गा र बानेश्वरको यातायात व्यवस्था विभागको जग्गाबारे अध्ययन भइरहेको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.