-->
१२ जनाको हत्याको बदला लियो अफगान सेनाले !!!ड्रोन हमलामा ६ जना तालिवानको मृत्युु !!

अफगानिस्तान, ८ असार । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा मङ्गलबार राति अमेरिकासँग आवद्ध चालकरहित विमान (ड्रोन) आक्रमणमा करिब ६ आतङ्ककारी मारिएका सैनिकस्रोतले बुधबार जानकारी दिएको छ ।
अन्तर्राष्ट्रिय सेनाद्धारा गरिएको यस ड्रोन आक्रमण इमाम सहिब जिल्लाका घरो किसलाक गाउँमा भएको जनाइएको छ । गत अप्रिलदेखि तालिवान आतङ्ककारी समूहले भीषण आक्रमण गर्ने घोषणा गर्दै सर्वसाधारण व्यक्ति, सरकारी अधिकारीहरु र सुरक्षाबललाई पनि लक्ष्यगरी आक्रमण गर्दै आएका छन् ।
यस विरुद्ध अफगान सुरक्षाबल र अन्तर्राष्ट्रिय सेनाले समेत गरेको कारबाहीका क्रममा तालिवान आतङ्ककारीहरु मारिएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.