-->
राष्ट्रिय सम्मानसहित अम्बर गुरुङको अन्त्येष्टी गर्ने सरकारको निर्णय

२५ जेठ काठमाडौँ । सरकारले गायक तथा बरिष्ठ संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयले मंगलबार दिउँसो विज्ञप्ति जारी गर्दै नेपाली गीत संगीतको क्षेत्रमा अम्बर गुरुङले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने जनाएको हो ।

दिउँसो अबेरसम्म गुरुङको अन्त्येष्टिका बारेमा सरकार अन्योलमा रहेको थियो । राष्ट्रिय गानका संगीतकार गुरुङ नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति समेत हुन् ।

गृहले स्वर्गीय गुरुङप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवार र आफन्तमा समवेदना समेत व्यक्त गरेको छ ।

राष्ट्रिय सम्मानका साथ गुरुङको अन्त्येष्टि गर्ने गृह मन्त्रालयको निर्णयलाई अब बस्ने मन्त्रिपरिषद बैठकले सहमति दिनेछ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.