-->
बाबुरामलाई झट्का, नयाँ शक्तिका जिल्ला संयोजक जेल चलान

राजविराजः चोरी अभियोगमा फरार रहेका नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद्का सदस्य तथा सप्तरी संयोजक अनिल भनिने अरुणकुमार साह राजविराज कारागारमा थुनामा परेका छन् ।

जिल्ला अदालतले नकटी रायपुर गाविस–४ का ३२ वर्षीय साहलाई चार वर्ष एक महिना १५ दिनको कैद सजाय फैसला गरेको आधारमा सोमबार कारागारमा थुनामा पठाइएको अदालतका श्रेस्तेदार नरेन्द्र कुमार श्रेष्ठले बताए ।

जिल्ला अदालतले फरार अभियुक्तमा राखेका साहलाई इलाका प्रहरी कार्यालय रुपनीले नकटी रायपुर गाविस–८ स्थित रुपनी चोकबाट गतराति पक्राउ गरेको थियो ।

पक्राउपछि नयाँ शक्तिका केही कार्यकर्ताहरुले आधा घण्टा चक्काजाम गरी ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।

स्थानीय प्रशासनले साहलाई पक्राउ गरी कारागार चलान गरेकोमा नयाँ शक्ति नेपालले निन्दा तथा भत्र्सना गरेको छ ।

द्वन्द्वकालिन मुद्दा ब्युँताएर फर्जी सहीछापको आधारमा झुठो मुद्दा लगाई पक्राउ गरेको भन्दै नयाँ शक्ति नेपालका सचिवालय सदस्यहरु महेन्द्र पासवान र रामरिझन यादवले सोमबार विज्ञप्ती प्रकाशित गरी साहको गिरफ्तारीमा नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री शक्ति बस्नेतको हात रहेको आशंका गरेको छ । जारी विज्ञप्तीमा मंगलबार राजविराजमा विरोध प्रदर्शन गर्ने जनाइएको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.