-->
किन दैनिक खान जरुरी छ केरा ?

आयुर्वेदका अनुसार केरा स्वास्थ्यका लागि निकै उपयोगी मानिएको छ । केराले उच्च रक्तचापलाई सामान्य राख्छ र धमनीमा नोक्सान पुग्नबाट बचाउँछ । केरामा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ । केरामा भिटामिन ‘ए’ ‘बी’ र ‘डी’ समेत पाइन्छ । केराले युरिनरी क्याल्सियममा आउने कमीलाई पूरा गर्छ । झाडापखालामा, मुटुको ढुकढुकी बढेमा केराको सेवनले निको हुन्छ । केराले अल्सर हुनबाट बचाउँछ, हाड बलियो बनाउँछ र पेटको अम्लीयपन नष्ट गर्छ ।

दुधमा केरा मिसाएर खाँदा अम्लस्राव रोक्छ र कब्जीयत हटाउन मद्दत गर्छ । केरामा पाइने पेक्टिनले पाचनक्रियालाई सामान्य पार्छ र ठूलो आन्द्रामा हुने क्यान्सरको खतरा नष्ट पार्छ । आमाशयमा खानेकुरा रहने समय समेत कम गर्छ । केराको गुदिमा बढी मात्रामा केरोटेनाइड्स पाइन्छ जसले क्यान्सर, मुटु र मधुमेहबाट बचाउँछ । एक अध्ययन अनुसार दिनको एउटा शुद्ध केरा खानाले मृगौला क्यान्सरमा कमी आउँछ । शरीरमा आवश्यक पोटासियमको कमीको परिपुर्ती गर्छ । पिसाब बढी भैरहने समस्या ठिक हुँदै जान्छ । डाक्टरका अनुसार दिनमा २ वटा कोसा केरा खानाले शरीरमा आवश्यक सबै प्रकारका भिटामिनहरुको खाँचो पुरा गर्छ । केरा चिसो प्रकृतिको हुनाले जाडोयाममा बेलुकीपख खान हुँदैन । ज्वरो रुघा, खोकी र टन्सिल भएको बेला पनि यसको प्रयोगले नकारात्मक असर पार्न सक्छ ।

१०० ग्राम केरामा पाइने पोषक तत्व

प्रोटिन –            १ दशमलव २ ग्राम
खनिज –           ० दशमलव ८ ग्राम
कार्बोहाइड्रेड –     २७ दशमलव २ ग्राम
फसफोरस –       ३६ मि. ग्रा.
भिटामिन ‘ए’ –  १३० मि. ग्रा.
भिटामिन ‘सी’ – ७ मि. ग्रा.
चिल्लो पदार्थ –   ० दशमलव ३ ग्राम
रेसा –               ० दशमलव ४ ग्राम
क्याल्सियम –     १८ मि. ग्रा.
फलाम –            ० दशमलव ९ मि. ग्रा.
भिटामिन ‘बि’ –  ० दशमलव ०५ मि. ग्रा.
क्यालोरी –         ११६ मि. ग्रा.




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.