-->
विमल घर्तीमगरलाई खुल्ला पत्रः खुट्टा लर्बराएको भए सन्यास लेउ, अब फुटबल नखेले हुन्छ

राजेन्द्र पोखरेल, हाल दुवई
विमल घर्तीमगर, हामी नेपालीहरुको मायाँले जन्माएका फुटबलर हुन् । सायद, नेपालीले सबैभन्दा धेरै मायाँ गरेका फुटबलर तिमी नै हौ । उनलाई नेपाली फुटबलले पत्याइ रहनुपपर्ने एउटा मात्रै कारण छ, त्यो हो सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको बराबरी गोल ।
उनले यो बाहेक अन्य धेरै खेलहरु खेलाका छन् र निर्णयक भुमिका पनि निभाएका छन् । उनीप्रति हामी सबैको आस्था, विश्वास र भरोसा पनि छ ।
अहिले उनी शोकको अवस्थामा छन् । उनको परिवारमा परेको पीडामा हामी पनि दुःखी भएका छौं । उनको मृत बहिनीको आत्माले शान्ति पाओस् र विमलको शोकाकुल परिवारमा इश्वरले ध्रैर्य धारण गर्ने शक्ति प्रदान गरुन् । आम नेपाली फुटबलका प्रशंसकहरु यतीबेला शोकाकुल छन् ।
तर, पछिल्लो समयमा विमल घर्तीले सामाजिक सञ्जालहरुमा र विभिन्न मिडियाहरुमा दिएका अभिव्यक्तिका कारण उनीप्रति दुःख पनि लागेको छ ।
विमलले पछिल्लो समय देशले मेरो बहिनीको हत्यारालाई उन्मुक्ति दिँदै छ, प्रहरीको रिपोर्ट गलत छ, मेरो परिवारलाई न्याय दिदैन भने म किन देशका लागि खेल्ने, लगायतका अभिव्यक्तिहरु दिइरहेका छन् ।
त्यो हामीले पढिरहेका छौं । विमलका यी अभिव्यक्ति पीडाको क्षणमा बोलिएका अभिव्यक्तिहरु हुन्, त्यो पनि थाहा छ ।
तर, उनले भनेजस्तै उनी देशका लागि अब किन खेल्ने ? उनले यतीबेला आफ्नो हैसियत विर्सिएका छन् ।
सायद मान्छेले आफ्नो हैसियत विर्सिएपछि यस्तै हुन्छ ।
यस्तै विचार आउँछ । जस्को जे क्षमता छ, उस्ले त्यही चिज दिने न हो । विमलले जे बोल्न हुदैन थियो, ते बोल्दा उनका प्रशंसकहरु दुखि बनेका छन् ।
विमलले म देशका लागि अब किन खेल्ने ? भन्नुले सबैभन्दा दुखि बनाएको छ । विमललाई मेरो एउटा प्रश्न छ कि विमल तिमिले किन त्यो आशिष चौधरीलाई आफ्नी बहिनी मनिषाको बेडरुमसम्म छिर्ने मौका दियौं ? तिमिलाई पहिल्यै थाहा रहेछ त उनीहरु बीचको यस्तो सम्बन्धका बारेमा ।
अनि किन तिम्री बहिनी र चौधरीले सँगै बसेर हातमा ब्लेडले चिर्दा बहिनीलाई सम्झाएनौं ? घरमा आउँदा पाखुरामा घाउ बनाएर आएकी बहिनीलाई किन कहिल्यै सम्झाएनौ ? अनि क्षणीक आवेगमा आएर यस्तो उमेरमा जे पनि गर्न सक्ने अवस्था देख्दा देख्दै किन बहिनीलाई सधैं आशिषकै छायाँमा छाड्यौ ? पहिला आफुले बहिनीलाई सम्भाउनु पर्ने थियो, त्यो गल्ती तिमी र तिम्रो परिवारबाट भएको छ ।
अब यो, हत्या वा आत्महत्या जे भए पनि अनुसन्धान जारी रहेको छ र प्रहरीले दोषीलाई उन्मुक्ती दिने छैन । तर, तिमि किन अनुसन्धानलाई अविश्वास गर्दै अभिव्यक्ति दिन्छौ ? प्रहरीले यती धेरै मेहनत गरिरहेको छ कि, दोषीले चाहेर पनि उन्मुक्ती पाउने अवस्था छैन । तर, तिमी किन एकोहोरो बर्बराउँदै छौं ?
हामी आम नेपालीहरु, जो तिमीलाई मन पराउँछौं र तिम्रो परिवारले न्याय पाउनुपर्छ भनिरहेका छौं, हामीलाई नै नमज्जा लाग्नेगरि किन बोल्दैछौ ? यदि तिमिले यस्तो भन्छौं भने हामीलाई पनि तिमी चाहिदैन ।
हामीले जन्माएको र हाम्रौ मायाँ र सद्धभावले यहाँसम्म आइपुगेका विमललाई अब हामीले कुनै बेलाको खेलाडी थियो भन्ने दिन नआओस् । तिमिले बोलेका सबै कुरा सहि, एक मात्र गलत, देशका लागि किन खेलौं भन्ने प्रश्न फिर्ता लेउ, नत्र हामी तिम्रो खेल हेर्न छाडेर फिर्ता हुनेछौं ।
विमन, तिमी स्थापित हुन देश चाहिन्छ, देशवासीको मायाँ चाहिन्छ, अनि हामीलाई तिमी चाहिन्छ । तर, तिमी आफुलाई सर्बेसर्वा र देशबासीलाई सुन्य देख्न नखोज ।
यो गल्ती तिमीबाट हुने छैन । विश्वका धेरै फुटबलरहरुले आफु महान्, देश सामान्य भन्दाको अवस्था सम्झ । जस्तो कि, ब्राजिलका डिएगो कोस्टाले देशलाई विर्से र स्पेनबाट फुटबल खेल्नचाहे । तर, अहिले उनलाई न ब्राजिलले लिन्छ, न स्पेनले नै महत्व दिएको छ ।
सयौं यस्ता घटना भएका छन् । त्यसकारण गोल गर्ने बेलामा खुट्टा लर्बराउने कुरा नगर । हामी तिम्रो साथमा छौं, तिमीले हामीलाई धोका दिन मिल्दैन ।
nepalsandesh


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.