-->
लियोनेल मेस्सिलाई कर तिर्न आक्रोशित भीडको दबाब

स्पेन– बिहीबार लियोनेल मेस्सीको झन्डै ४० लाख युरो कर छली प्रकरणमा स्पेनको एक अदालतमा उपस्थित भएका छन्। उनलाई त्याहाँ उपस्थित हजारौंको आक्रोशित भीडले कर तिर्न दबाब दिएका छन्।
मेस्सीलाई उनका पिता जर्जसंगै सन् २००७ देखि २००९ सम्म स्पेनिस अधिकारीहरुले कर कानुनअनुसार झण्डै ४० लाख युरो कर छलीको आरोप लागाउँदै आएका छन्।
सरकारी वकिल राकिउल अरमान्डोले अदालतमा मेस्सीका पीता माथी मात्र मुद्धा कारबाही प्रक्रिया अगाडि बढाउन अदालतसमक्ष बताए पनि उनका विपक्षीहरुले भने दुवै विरुद्ध कारबाही हुनु पर्ने बताएका छन्। मेस्सी अदालमा उपस्थित हुँदा केहीले कर नतिरेकोमा उनको विरोध गरेका थिए भने केहीले उनी एक चर्चित खेलाडी भएको भन्दै सर्मथन गरेका थिए।
यता मेस्सीले भने आफ्नो सम्पूर्ण हिसाब किताब आफ्ना पीताले हेर्ने भन्दै आफुलाई यस विषयमा केही थाहा नभएको बताउँदै आएका छन्। साथै उनले आफूले सम्झौता पत्रमा हस्ताक्षर मात्र गरेको तर त्यसमा के लेखिएको छ भन्ने पढ्ने नगरेको बताए।
यसै वर्षको सुरुवातमा उनका टिमका साथी जाभियस मास्कारानोलाई पनि कर छली प्रकरणमा जेल सजाय तोकिएकोमा पछि उनी कर तिरी रिहा भएकाले सरकारी वकिलले उनीहरुलाई जेल सजायको माग गरे पनि मेस्सीलाई जेल सजाय हुने सम्भावना कम रहेको छ। उनको सुनुवाइ कार्य जारी रहेको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.