केक काट्ने तयारी हुँदै थियो, रेखाले सोधिन्, ‘तिमी अहिले कसलाई सबैभन्दा धेरै मिस गरिरहेका छौं ?’ आभाषले भने, ‘तपाईंहरु त सबै यहाँ हुनुहुन्छ । मेरो मामुलाई सबैभन्दा बढी मिस गरिरहेको छु ।’ रेखाकी जेठी दिदी पार्वती थापाका छोरा हुन् आभाष। उनकी आमा ’ इजराइलमा बस्छिन। पाँच वर्षदेखि उनीहरुको भेट भएको थिएन्।
रेखाले आभाषलाई सोधिन्, ‘मामुसँग कुरा गर्छौ त ?’ ‘भो पर्दैन, बिहान कुरा भैसक्यो।’ ‘उसो भए आँखा बन्द गर्’ रेखाले भने बमोजिम आभाष र रेखाकी आमा (सरस्वती थापा) को आँखा छोपियो। आँखा खोल्दा अगाडी पार्वती ‘मामु’ वर्थ डे उपहार लिएर आइपुगिन् । अचानक आमालाई अगाडी देखेपछि आभास सुरूमा आश्चर्यमा परे।
त्यसपछि उनका आँखा रसाए, आफूलाई थाम्न सकेनन्। उनका आँखाबाट बरर आँशु खसे। यसले वर्थ डेको माहोल एकछिन् स्तब्ध बन्यो। आभाषले आँसु पुछ्दै भने, ‘मामु आउनु हुन्छ भनेर मैंले कल्पनै गरेको थिइन्। थ्यङ्क्यु रेखा र तारा मामु ।’ सानैमा पिता गुमाएका आभाष मामाघर विराटनगरमै हुर्किएका हुन्।
आभासकी आमा पार्वती थापा शुक्रबार नेपाल आएकी थिइन जसको जानकारी आभासलाई थिएन। इजरायलबाट नेपाल आएपनि रेखाले आभासलाई जन्मदिनमा सर्प्राइज दिन भनेर आफ्नी माइली दिदी तारा थापाको घरमा राखेकी थिइन्।
आभाषको जन्मदिनमा रेखाले आफन्त र सिमित साथीभाइलाई आभासको जन्मदिन मनाउन बोलाएकी थिइन्। निर्माता छविराज ओझा, नायक सविन श्रेष्ठ, नायिका पूजा शर्मा, निर्माता सुरेश अधिकारी, पुर्व मिस नेपाल उषा खड्गी लगायत सहभागी थिए।
आभासलाई रेखाले गत वर्ष आफ्नो होमप्रोडक्सन फिल्म 'रामप्यारी'बाट डेब्यू गराएकी हुन्। जेठ २८ गते आभाषको २४ औं जन्मदिन अविष्मरणीय रह्यो।
0 comments
प्रतिक्रिया दिनुहोस्...