-->
नेपाली सांगीतिक आकाशका कुशल सिल्पी अम्बर गुरुङको अवस्था चिन्ताजनक

नेपाली सांगीतिक आकाशका कुशल सिल्पी अम्बर गुरुङको अवस्था चिन्ताजनक

 
गुरुङको जटिल अवस्थाबीच सघन उपचार कक्षमा राखेर उपचार गरिदै




 
नेपाली गीत संगीतको क्षेत्रलाई गर्विलो बनाउने कुशल सिल्पी हुन अम्बर गुरुङ । भनिन्छ संगीतले मानिसको मनको रोगको मात्र नभई शरीरको विकार पनि बढार्छ ।

त्यस्तै संगीत सुनाएर धेरै नेपालीलाई मनलाई चङ्गा र स्वस्थ्य बनाउने उनै अम्बर गुरुङ आफै अस्वस्थ्य भएर थलिएका छन् । पछिल्लो समय उनको स्वास्थ्य नाजुक बन्दै गर्दा बिहीबार राति उनलाई झनै च्यापेपछि ग्राण्डी अस्पतालमा निकै जटिल अवस्थाबीच गुरुङको उपचार भइरहेको छ ।

केही समयदेखि अस्वस्थ बनेका वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वस्थ अवस्था गम्भीर बनेको छ । अस्पताल भर्ना भएका गुरुङको स्वास्थ्य गम्भीर भएपछि उनलाई सघन उपाचार कक्षमा राखी उपचार भइरहेको छ ।  राष्ट्र गान सँयौ थुगा फुलका हामीका संगीतकार अम्बर गुरुङ यतिबेला जीवन र मरणको दोसाँधमा रहेका छन ।

लामो समयदेखि अस्वस्थ बनेका गुरुङको स्वास्थस्थिति अचानक गम्भीर बनेपछि धापासीस्थित ग्रान्डी अन्र्तराष्ट्रिय अस्पतालमा भर्ना गरिएकोे हो । किन किन यो मन उदास छ, म अम्बर हु तिमी धर्ती, ए कान्छा मलाइ सुनको तारा खसाइदेउ जस्ता चर्चित गीतहरु समेत गाएर यी संगीतका कुशल शिल्पी चर्चामा आएका थिए ।

उनका पुत्र राजु गुरुङका अनुसार गएराति १ः३० बजे एक्कासि बेहोस भएपछि भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिइ सघन कक्षमा उपचार भइरहेको छ । उनले उपचारमा संलग्न चिकित्सकले स्वस्थ अवस्था निकै गम्भीर रहेको र ४८ घण्टाको समय दिएको समेत जानकारी गराए ।

गुरुङका शिष्य एवं गायक शिशिर योगीले गुरुङलाई राष्ट्रले गुमाउन नचाहेको भन्दै स्वास्थस्थिति सुध्रनेमा विश्वास व्यक्त गर्छन ।

वरिष्ठ सङ्गीतकार गुरुङलाई दुई महिनाअघि नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा खाने नलीमा पलाएको ट्युमरको उपचार गरी नेपाल ल्याइएको थियो । उनलाई मधुमेह र पार्किन्सनको पनि समस्या छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.