-->
‘हाउसफूल ३’ को आक्रामक सुरुवात

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘हाउसफूल ३’ ले आक्रामक सुरुवात गरेको छ । अक्षयकुमार, रितेश देशमुख, अभिषेक बच्चन अनि ज्याक्लिन फर्नान्डेज स्टारर फिल्म बर्ष २०१६ को विकेण्डमा सबैभन्दा बढि कमाउने फिल्म पनि बन्ने पक्का भइसकेको छ ।


पहिलो दिन १५ करोड २१ लाखको विजनेस गरेको फिल्मले दोश्रो दिन १६ करोड ३० लाखको नेट बिजनेस गरिसकेको छ । दुई दिनको नेट कलेक्शन ३१ करोड ५१ लाख पुगिसक्दा आईतबारको विजनेसलाई लिएर थप उत्सुकता निम्त्याएको छ ।

आईतबार भारतमा विदा पर्ने भएकोले पनि विदाको दिन फिल्मले कम्तिमा १८ करोड माथीको विजनेस गर्ने अनुमान लगाउन सकिन्छ । यो हुँदैगर्दा पहिलो विकेण्ड कलेक्शन नै फिल्मको ५० करोड माथी हुनेछ ।

साजिद नाडियाला निर्मित तथा निर्देशित फिल्म करोड क्लबमा पुग्ने आशा गरिएको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.