-->
‘मेसी राम्रा खेलाडी हुन्, तर रोनाल्डोले नै बेलोन डी’अरको उपाधि जित्नेछन्’

ब्राजिलका पूर्व स्टार खेलाडी रोबर्टो कार्लोसले फिफा बेलोन डी’अर रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले जित्ने बताएका छन्। 
 
उनले युरो कप २०१६ मा रोनाल्डोले पोर्चुगललाई उपाधि जिताउन नसकेपनि बेलोन डी’अरको उपाधि जित्ने बताएका हुन्। कार्लोसले भनेका छन्,‘मलाई विश्वास छ। रियल मड्रिडलाई च्याम्पियन्स लिग फुटबलको उपाधि जिताउन निर्णायक भूमिका खेल्ने रोनाल्डो हुन्। त्यसैले उनलाई नै सबैले भोट गर्नेछन् र बेलोन डी’अरको उपाधि जिताउनेछन्।’ 
 
रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगमा मात्रै सबैभन्दा बढी १६ गोल गरेका थिए भने एथ्लेटिको मड्रिडलाई फाइनलमा हराउँदा निर्णायक गोल पनि गरेका थिए। कार्लोसले बेलोन डी’अरको उपाधि जित्न व्यक्तिगत प्रदर्शन नै काफी हुने विश्वास व्यक्त गरे। 
 
‘युरो कप नजितेपनि रोनाल्डोले चौथो पटक फिफा बेलोन डी’अर जित्नेछन्,’ रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको काराजोन क्लासिक म्याचपछि कार्लोले भने।
 
उनले भनेका छन्,‘मेसी राम्रा खेलाडी हुन्, तर बेलोन डी’अरको उपाधि हात पार्न  च्याम्पियन्स लिग फुटबलको प्रदर्शनलाई बढी महत्व दिइन्छ।’
 
कार्लोसले एक दिन ब्राजिलका खेलाडी नेइमारले बेलन डीअरको उपाधि जित्ने पनि दाबी गरेका छन्। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.