-->
क्रिकेट पिच निर्माण सुरु

जेष्ठ २२, २०७३- हेटौंडा उपमहानगरपालिका ४ स्थित लोकतान्त्रिक मैदान हुप्राचौरमा व्यवस्थित तथा स्तरीय क्रिकेट पिच निर्माण थालिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले हेटौंडाको हुप्राचौरमा क्रिकेट पिच निर्माणका लागि चालू आर्थिक वर्षको बजेटमा १५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

उक्त रकमले धमाधम राष्ट्रियस्तरको क्रिकेट पिच निर्माण थालिएको हो । जिविसले पनि निर्माणमा थप दुई लाख रुपैयाँ सहयोग गरेपछि मकवानपुर क्रिकेट एसोसिएसन यसै महिना सम्पन्न गर्ने गरी पिच निर्माणमा जुटेको छ ।

‘३ वटा पिच बन्छ, जसमध्ये एउटा दैनिक प्रशिक्षणका लागि प्रयोग गर्छौं भने दुईवटा म्याचको समयमा मात्र प्रयोग गर्छौं,’ क्रिकेट पिच निर्माण समितिका सचिव निरज श्रेष्ठले भने, ‘क्रिकेट पिच र मैदानको लम्बाइअनुसार अब राष्ट्रियस्तरको प्रतियोगितासमेत सञ्चालन गर्न सकिन्छ ।’

३४ फिट चौडाइ र ८० फिट लम्बाइको पिच निर्माण गरिएको छ । बलिङ र ब्याटिङका लागि पनि उपयुक्त हुने हिसाबले पिच निर्माण गरिएको उनले बताए । पिच निर्माणसँगै मैदानको लेबल मिलाउने काम पनि गरिनेछ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.