अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनमा फेसबुकले पेश गरेको एक कागजातमा यस्तो खुलासा गरिएको छ । उक्त फाइलमा फेसबुक बोर्डले भनेको छ की जुकरबर्ग नेतृत्व तहमा नरहने भएमा आगामी दिनमा फेसबुक बोर्डले जुकरबर्गका बि क्लासका शेयरलाई ए क्लासमा परिवर्तन गर्नका लागि शेयरधनीहरुलाई मतदान गर्न लगाइनेछ । गत अपि्रलमा पहिलोपटक यस्तो प्रस्ताव अघि सारिएको हो ।
यहीँ जुन २ सम्मको तथ्यांकका आधारमा जुकरबर्गको स्वामित्वमा फेसबुकमा ४० लाख ए क्लासका शेयर तथा ४१ करोड ९० लाख बी क्लासका शेयर छन् । यस आधारमा जुकरगर्बसँग कम्पनीको ५३.८ प्रतिशत भोटिंग अधिकारका साथै १४.८ प्रतिशत आर्थिक अधिकार छ ।
आगामी जुन २० मा हुने फेसबुकको वाषिर्क साधारण सभामा यो प्रस्तावमाथि मतदान गराइने सम्भावना रहेको छ । उक्त मतदालने फेसबुकको भावी नेतृत्व तथा व्यवस्थापनको रुपरेखा तयार गर्नेछ ।
आयोगमा पेश गरेको फाइलमा फेसबुकले भनेको छ: उक्त नयाँ नियमको उद्धेश्य यो सुनिश्चित गर्नु हो की संस्थापकको बहिर्गमनसँगै अब कम्पनी संस्थापक नियन्त्रिण नबनिरहोस् ।
विद्यमान अवस्थामा जुकरबर्गलाई बी क्लासका शेयर राख्ने अधिकार पनि छ र कम्पनीको नेतृत्व छाडिसकेपछि पनि उनीसँग बहुमत भोटिंग अधिकार सुरक्षित नै रहनेछ ।
जुकरबर्गमा अर्को महत्वपूर्ण अधिकार के पनि छ भने उनले आफ्नो बी क्लासको शेयरका साथै आफ्नो बहुमत भोटिंग अधिकार समेत आफ्नो वारेसलाई हस्तान्तरण गर्न सक्दछन् । तर फेसबुकले बोर्डले अब जुकरगर्बका यी सबै अधिकार कटौती गर्ने देखिएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...