जेठ ३२ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले ओरलाण्डो गोलीकाण्डमा बिद्रोही संगठन
इस्लामिक स्टेट आइएसको सम्बन्ध रहेको स्पष्ट प्रमाण नभेटिएको बताउनुभएको छ ।
फ्लोरिडाको ओरलाण्डोमा रहेको एक पुरुष समलिंगी क्लबमा आइतबार २९ वर्षका उमर मतिनले
अन्धाधुन्ध गोली चलाउँदा ४९ जनाको ज्यान गएको थियो । यसअघि ५० जनाको ज्यान गएको
भनिए पनि त्यसमा उमर पनि सामेल रहेको अमेरिकी अधिकारीले बताएका छन् । आक्रमणपछि
आइएसले घटनामा आफ्नो संलग्नता रहेको बताएको थियो । उमरले पनि आक्रमण अघि प्रहरीको
इमरजेन्सी नम्बरमा फोन गरेर आइएसका बारेमा कुरा गरेका थिए । राष्ट्रपति ओबामाले भने
आइएसको संलग्नता रहेको स्पष्ट प्रमाण अहिलेसम्म नभेटिएको बताउनुभयो । तर उहाँले यो
घटनाको छानबिन आतंककारी आक्रमण जस्तै गरी गरिने बताउनुभयो । संघीय अनुसन्धान ब्युरो
एफबिआईका निर्देशकले आक्रमणकारी उमर इन्टरनेटमार्फत कट्टरपन्थी रहेको खुलेको बताएका
छन् । यसैबिच रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले
विश्वका केही क्षेत्रबाट अमेरिका आउने आप्रवासीलाई रोक्नु पर्ने बताएका छन् । ट्रम्पले
तत्कालका लागि मुसलमानलाई अमेरिका प्रवेशमा रोक लगाउनु पर्नेमा जोड दिएका छन् ।
वासिङटनमा बोल्दै राष्ट्रपति ओबामाले भने आक्रमणकारीले अन्तिममा आफू आइएससँग सम्बद्ध छु
भन्नु मात्रै पर्याप्त प्रमाण नहुने बताउनुभयो । यो घटना आन्तरिक रुपमा नै विकास भएको
अतिवाद रहेको उहाँको भनाई छ ।
जेठ ३२ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले ओरलाण्डो गोलीकाण्डमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको सम्बन्ध रहेको स्पष्ट प्रमाण नभेटिएको बताउनुभएको छ ।
फ्लोरिडाको ओरलाण्डोमा रहेको एक पुरुष समलिंगी क्लबमा आइतबार २९ वर्षका उमर मतिनले अन्धाधुन्ध गोली चलाउँदा ४९ जनाको ज्यान गएको थियो । यसअघि ५० जनाको ज्यान गएको भनिए पनि त्यसमा उमर पनि सामेल रहेको अमेरिकी अधिकारीले बताएका छन् ।
आक्रमणपछि आइएसले घटनामा आफ्नो संलग्नता रहेको बताएको थियो । उमरले पनि आक्रमण अघि प्रहरीको इमरजेन्सी नम्बरमा फोन गरेर आइएसका बारेमा कुरा गरेका थिए । राष्ट्रपति ओबामाले भने आइएसको संलग्नता रहेको स्पष्ट प्रमाण अहिलेसम्म नभेटिएको बताउनुभयो । तर उहाँले यो घटनाको छानबिन आतंककारी आक्रमण जस्तै गरी गरिने बताउनुभयो ।
संघीय अनुसन्धान ब्युरो एफबिआईका निर्देशकले आक्रमणकारी उमर इन्टरनेटमार्फत कट्टरपन्थी रहेको खुलेको बताएका छन् ।
यसैबिच रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले विश्वका केही क्षेत्रबाट अमेरिका आउने आप्रवासीलाई रोक्नु पर्ने बताएका छन् । ट्रम्पले तत्कालका लागि मुसलमानलाई अमेरिका प्रवेशमा रोक लगाउनु पर्नेमा जोड दिएका छन् ।
वासिङटनमा बोल्दै राष्ट्रपति ओबामाले भने आक्रमणकारीले अन्तिममा आफू आइएससँग सम्बद्ध छु भन्नु मात्रै पर्याप्त प्रमाण नहुने बताउनुभयो । यो घटना आन्तरिक रुपमा नै विकास भएको अतिवाद रहेको उहाँको भनाई छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...