इटालीको प्रभावशाली जित, बेल्जियम हार्यो
जेठ ३२ – इटालीले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह इ अन्तर्गत सोमबार राति लियोनमा भएको खेलमा इटालीले बेल्जियमलाई २–० ले हरायो ।
इटालीको जितमा इमानुएल जाकेरिनी र ग्राजियानो पेलेले एकएक गोल गरे । बेजिल्यमले खेल अवधिभर बलमा बढी समय नियन्त्रण कायम गरेको थियो भने पोस्ट प्रहार पनि धेरै गरेको थियो ।
तर गोल गर्नबाट चुक्दा नतिजा इटालीको पक्षमा गयो । ३२ औं मिनेटमा जाकेरिनीले गोल गर्दै इटालीलाई सुरुवाति अग्रता दिलाए ।
जाकेरिनीले सन् २०१३ को नोभेम्बरपछि पहिलो पटक राष्ट्रिय टिमका लागि गोल गरेका हुन् । पहिलो हाफमा १–० ले पछि परेको बेल्जियमले गोल गर्ने केही सुन्दर मौका सृजना गरेपनि चुक्यो ।
इन्जुरी समयमा पेलेले गोल गर्दै इटालीलाई २–० को महत्वपूर्ण जित दिलाए । जितसँगै इटालीले तीन अंक जोडेको छ । बेल्जियमका रोमेलु लुकाकु र डिभोक ओरिगीले गोल गर्ने निकै सुन्दर मौका खेरफाले ।
0 comments
प्रतिक्रिया दिनुहोस्...