-->
सहारा मरुभूमिमा फेला पऱ्यो कहिल्यै नसुक्ने पानीको पोखरी

एजेन्सी ,३५ लाख वर्ग माइल क्षेत्रमा फैलिएको सहारा मरुभूमि संसारकै सबैभन्दा ठुलो मरुभूमि हो । जहा मानब जीवनको कल्पना समेत गर्न सकिन्न । तर प्रकृति लिला अचम्मको हुने गर्दछ । यस्तै खाल्को सयौ वर्ष पहिले भू-गर्भीय गतिविधिका कारण जमिनको गहिराईबाट पानी सतहमा आएर जम्मा भइ एक पोखरी बनेको थियो ।
यस्ता खाल्का पोखरीलाई भू-गर्भीय भाषामा गुएल्टा (Guelta) भनिने गर्दछ । यस पोखरीको विशेषता भनेको कहिले पनि पानी सुख्दैन, यहा सिमित मात्रामा जमिन बाट पानी निक्लने गर्दछ । सहारामा रहेको गुएल्टाको नाम ‘गुएल्टा दी आर्चेई’हो । यहा हरेक दिन बटुवाले पानी पिउने र आराम गर्ने गर्दछन । भनिन्छ सयौ साल पहिलेदेखि उँटको गोबरका कारण पानीको रंग कालो भएको हो ।
गुएल्टाको पठारका माथि पटी मध्य अभिनव कालको ढुंगामा बनेका पेन्टिङ देख्न सकिन्छ । प्राय मानिस गुएल्टा सम्म पुग्ने कोसिस पनि गर्दैन्न सिवाय वैज्ञानिक । यहा जानका लागि चाड को राजधानी बाट मरुभूमिमा चल्ने स्पेशल जीपमा जान सकिन्छ । गुएल्टा इलाकामा पुग्न चार दिन लाग्दछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.