-->
अमेरिका छिर्न खोज्ने १६ नेपाली फिलिपिन्सबाट पक्राउ

 
मलेसियाः अवैधरुपमा अष्ट्रेलिया र अमेरिका जान लागेका १६ जना नेपाली फिलिपिन्सबाट पक्राउ परेका छन् । पक्राउ परेका्मध्ये सातजनालाई मलेसियास्थित नेपाली दूतावासको सहयोगमा नेपाल फर्काइएको छ ।

९ जना भने घर फर्किन नमानेपछि उद्धार गर्न नसकिएको दूतावासले जनाएको छ ।


 
उनीहरु फिलिपिन्सदेखि पुर्व प्रशान्तमहासागर क्षेत्रमा अवस्थित टापुहरुको राज्य फेडरेटेड् स्टेट्स् अफ माइक्रोनेसियाको याप राज्यमा पक्राउ परेका थिए । पक्राउ परेकामध्ये सातजनालाई जुन २५ मा उद्धार नेपाल गरी पठाइएको छ ।

दूतावासका अनुसार विदेशी तथा नेपाली मानवतस्कर गिरोहले अमेरिका र अष्ट्रेलिया पठाइदिन्छु भनेर मोटो रकम असुली नेपालबाट मलेसिया र इन्डोनेसिया हुँदै डुंगामा उक्त देशको समुद्रीक्षेत्रमा कागजातविहीन अवस्थामा छोडेका थिए ।

उनीहरुलाई माइक्रोनेसियाका अद्यागमन अधिकारीहरुले पक्राउ गरी घर फिर्ती केन्द्रहरुमा राखेका थिए ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.