जबरजस्ती धर्म परिवर्तन गराउनेलाई कारबाही – उपप्रधानमन्त्री थापा
धनकुटा, १३ असार, उपप्रधान, परराष्ट्र तथा स्थानीय विकास मन्त्री कमल थापाले एनजीओ खोलेर धर्म प्रचार र परिवर्तन गराउनेहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । हिन्दुत्व जागरण अभियानका लागि धनकुटा आइपुगेका उपप्रधानमन्त्री थापाले आइतबार धनकुटामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा यस्तो बताएका हुन् । सनातनदेखि चलिआएका धर्महरुलाई रक्षा गर्ने सरकारको प्रमुख दायित्व भएको बताउँदै उपप्रधानमन्त्री थापाले अहिले संगठित रुपमा गाँउ–गाँउमा गएर पैसा दिएर जबरजस्ती धर्म परिवर्तन गराइरहेको दाबी गरे । धर्म परिवर्तन गराउने कामले देशमा धार्मिक हिंसा हुनसक्ने भन्दै उपप्रधानमन्त्री थापाले यसलाई कडाईका साथ नियन्त्रण गरिनु पर्ने आवश्यकता पनि औल्याए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...