-->
भूकम्पपछि बन्यो नुवाकोटमै पहिलो नमूना विद्यालय

नुवाकोट – भूकम्पपछि नुवाकोटको दुर्गम गाउँमा व्यक्तिगत प्रयासमा पहिलोपटक जिल्लाकै उत्कृष्ट नमूना विद्यालयको निर्माण भएको छ । एक वर्षअघि भूकम्पले ध्वस्त सबै प्रकारका संरचनाको पुनः निर्माण हुने क्रम चलिरहेका बेला कुमरी–५ को नेपानेमा रहेको विकास निम्न माध्यामिक विद्यालयको सबै पूर्वाधारसहितको सुविधासम्पन्न भवन निर्माण भएको हो ।

कुमारीका स्थानिय समाजसेवी जगत लामाको व्यक्तिगत पहलमा एक करोड ५ लाख रुपैयाँको लागतमा डेढ रोपनी क्षेत्रफलमा निर्माण गरिएको सौचालय, खानेपानी धारा, पुस्तकालय, कम्प्यूटर कक्षा सहितको १० कोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

bikas ni.ma.bi. photo (2) (1)


सम्पूर्ण नयाँ पूर्वाधारसहितको विद्यालयको भव्य भवन नुवाकोट जिल्लाकै पहिलोपटक बनेको यो विद्यालय आकर्षक मात्रै छैन, नमुना नै बनेको छ । ट्रेकिङ फर किड्स वासिङ्टन डिसी र हेल्थ एण्ड इडी फोर नेपाल कोलोराडो दुई दातृ संस्थासँगको सहकार्यमा समाजसेवी लामा अध्यक्ष रहेको संस्था नेपालका लागि शिक्षा र स्वास्थ्य (हेल्थ एण्ड एजुकेशन फर नेपाल) ले उक्त विद्यालय भवन निर्माण गरेको हो । नवनिर्मित अत्याधुनिक विद्यालय भवनको अभिभावक, विद्यार्थी लगायत सञ्चारकर्मीहरुको सहभागितामा राष्ट्रिय योजना आयोगका सदस्य डा.चन्द्रकान्त पौडेलले उद्घाटन गरे ।

निम्न स्तरका तामाङ समुदायमात्रको वसोवास भएको दुर्गम वस्ती नेपानेमा सञ्चालित सो विद्यालय २०४५ सालमा स्थापना भएको थियो । शिक्षक दरबन्दी, पुस्तकालय, सौचालय, खानेपानी र विषेशगरी विद्यालय भवनजस्ता भौतिक पुर्वाधार एवं संरचनाको अभाव भोग्दै आइरहेका विद्यार्थीहरुले अहिले खुसीसाथ अध्ययन गर्न पाएका छन् । बालबालिकाहरुले जाडो, गर्मी, झरी र हावाहुरीजस्ता समस्या विगतमा झेल्दै आएका थिए ।

एक वर्षअघिको भूकम्पले जगैदेखि ढलेर माटोमा मिलेपछि पठनपाठन नै ठप्पझैँ बनेको विद्यालयको पुरै संरचना फेरेर नयाँ बनाइएको छ । अहिले यहाँ ३ सय ७८ जना विद्यार्थीहरु अध्ययनरत छन् विद्यालयमा आधुनिक पुस्तकालय, कम्प्यूटर ल्याब र ८ वटा सुविधासम्पन्न कक्षाकोठासहित विद्यालयको आधुनिक गेट, फराकिलो खेलकुद मैदान, ५ वटा खानेपानीका धारा, छात्र तथा छात्राहरुलाई बेग्लाबेग्लै गरी दुईवटा सुविधायुक्त सौचालय बनेका छन् । विद्यालयलाई ट्रेकिङ फर किड्स, वासिङ्टन डिसीले ४५ हजार र हेल्थ एण्ड इडी फोर नेपाल, कोलोराडोले ६० हजार अमेरिकन डलर सहयोग पु¥याएको संस्थाका शंकर खड्काले सार्वजनिक गरेको आयव्यय विवरणमा उल्लेख छ ।

यसै विद्यालयका पूर्वप्रद्यानाध्यापक सम्भु पनेरुले विगतको तुलनामा अहिले विद्यालयले काँचुली फेरेकोमा खुसी व्यक्त गर्छन् । ‘दुर्गम गाउँमा सुरक्षित भवन र राम्रो वातावरणमा हाम्रा बालबालिकाले गुणस्तरिय शिक्षा पाएका छन् ।’Ratopati 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.