भक्तपुर । स्थापनाको करिब ८३ वर्षपछि नेपालमा नयाँ चिडियाखाना बन्ने भएको छ । बिहिबार भक्तपुर सुर्यविनायकमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले प्राणी उद्यानको सिलन्यास गरे ।
२४५ हेक्टर क्षेत्रफलमा फैलने उक्त चिडियाखाना वर्तमान चिडियाखानभन्दा करिब ४१ गुणा ठूलो हुनेछ । उक्त चिडियाखानामा दुर्लभ र लोपोन्मुख वन्यजन्तुको संरक्षण हुनेछ ।
सिलन्यास समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहरीकरण, आधुनिकीकरण, बस्ती विकास र मानवीय आवश्यकताको विस्तारले जैविक र वनस्पतीय नेपाल विविधतामाथी जोखिम रहेको भन्दै चिन्ता ब्यक्त गरे ।
भक्तपुर यसअघि नै खुल्ला सङ्ग्रहालयका रुपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय प्राणी उद्यानको निर्माणसँगै यसले भक्तपुरलाई वनस्पति र जैविकताको जीवित वासस्थानका अर्को सङ्ग्रहालयका रुपमा समेत चिनाउने विश्वास व्यक्त गरे ।
जावलाखेलमा अवस्थित सदर चिडियाखाना विक्रम संवत ८० को दशकको अन्तिममा जुद्धसम्शेरले स्थापना गरेका थिए । वि.सं २००७ सालको राजनीतिक परिवर्तनपछि चिडियाखाना नेपाल सरकारको मातहतमा आएको थियो । त्यस पश्चात वि.सं २०१२ मा चिडियाखाना सर्वसाधारणका लागि खुला गरिएको थियो ।
२०५२ पुष १४ गते तात्कालिन् राजा विरेन्द्रको जन्मोत्सव पारेर राष्ट्रिय प्रकृति संरक्षण कोष मातहत हस्तान्तरण गरिएको थियो ।
हाल चिडियाखानामा ८७० स्तनधारी , चरा तथा माछाका प्रजाती र घस्रेर हिंड्ने १०९ प्रजाती रहेका छन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...