-->
बबरमहलमा प्रहरीले गोली चलायो

काठमाडौं— महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बबरमहलमा एक अभियुक्त प्रकाउ गर्न बिहीबार दिउसो गोली प्रहार गरेको छ। एक दर्जनभन्दा बढी डाका मुद्दामा फरार रहेका जसवन्त राई प्रहरी देख्नासाथ भागेका थिए।

उनलाई पछ्याउँदै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आत्मसमर्पण गर्न चेतावनी दिएको थियो। भाग्दै गरेका राईले बिजुली बजार नजिकै उल्टो प्रहरीलाई फलामको रडले हानेपछि प्रहरीले गोली चलाएको एसएसपी सर्वेन्द्रनाथ खनालले बताए।

प्रहरीले चलाएको गोली राईको घुँडामा लागेको छ। गोली लागेर घाइते भएका राईलाई प्रहरीले नियन्त्रणमा लिई उपचारका लागि वीर अस्पताल लगिएको एसएसपी खनालले बताए।

राई काठमाडौंमा भएका डकैतीका ठूला घटनामा संलग्न रहेर लुकिछिपी बस्दै आएका थिए।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.