काठमाडौं, असार ९ । वैज्ञानिकहरुले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिएका छन् ।
चट्याङबाट बच्ने उपाय र अपनाउनुपर्ने सावधानीका बारेमा आज राजधानीमा शुरु भएको गोष्ठीमा वैज्ञानिकहरुले चट्याङ जस्तो प्राकृतिक प्रकोप न्यूनीकरण गर्न सरकारले ध्यान नदिएको आरोप लगाए ।
अन्य प्राकृतिक प्रकोपको तुलनामा चट्याङ खतरा भए पनि कमै चर्चामा आउने गरेको भन्दै यसबाट बच्न चेतना आवश्यक रहेको उनीहरुले बताए ।
वैज्ञानिकहरुले पुनर्निर्माणका क्रममा बनाइने घर तथा भवनहरुमा अनिवार्य अर्थिङको व्यवस्था गर्न र यससम्बन्धी चेतना फैलाउन सरकारलाई सुझाव दिए ।
प्राध्यापक डाक्टर श्रीराम शर्माले चट्याङबाट नेपालमा वर्षेनी १ सयभन्दा बढीको ज्यान जाने गरेको भन्दै यसको नियन्त्रणका लागि विशेष प्रविधि आवश्यक रहेकोमा जोड दिए ।
उनले प्रविधिको क्षेत्रमा सरकारले लगानी बढाएर चट्याङको जोखिम न्यूनीकरण गर्न सकिने बताए । २ दिने गोष्ठीमा नेपालसहित विभिन्न देशका विज्ञ सहभागी छन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...