-->
पुष्पलाल-भट्टाचोकमा वृक्षरोपण

उपमहानगरपालिका वडा नम्बर ४ पुष्पलाल चोकदेखि भट्टाचोकसम्म वृक्षरोपण गरिएको छ।
 
विराटनगर उपमहानगरपालिका र जिल्ला वन कार्यालय मोरङको संयुक्त आयोजनामा शनिबार विभिन्न जातका १ हजार २ सय विरुवा रोपिएको हो। 
 
कार्यकारी अधिकृत गोपाल रेग्मी, पूर्वक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरे, मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीलगायतले वृक्षरोपण गरे। जिल्ला प्रहरीले वृक्षरोपणका लागि एक सय जना प्रहरी खटाएको थियो। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.