-->
माइक्रोसफ्टले ठूलो धनराशीमा लिङ्क्डइनलाई किन्दै

वासिङटन, जेठ । विश्व प्रसिद्ध सफ्टवेयर कम्पनी माइक्रोसफ्टले सामाजिक सञ्जाल लिङ्क्डइनलाई २६ दशमलव २ अर्ब अमेरिकी डलरमा किन्ने सम्झौतामा सोमबार हस्ताक्षर गरेको छ ।   सम्झौताले विश्वको नेतृत्वदायी व्यवसायिक सञ्जालमा एकाकार गर्ने माइक्रोसफ्टका कार्यकारी प्रमुख सत्य नाडेलाले बक्तव्य मार्फत जानकारी दिएका छन् ।   लिङ्क्डइनका कार्यकारी प्रमुख जेफ वेनरको नेतृत्वमा लिङ्क्डइनका गतिविधि चल्ने छन् भने माइक्रोसफ्टका कार्यकारी प्रमुख सत्य नाडेलाले माइक्रसफ्टका कार्य पूववत तरिकाले चलाउने छन् ।   जसरी लिङ्क्डइनले विश्वलाई मौकासँग जोडेको छ, माइक्रोसफ्ट र लिङ्क्डइनको मिलनपछि यसको सञ्जालले विश्वले गर्ने कामलाई जोड्ने मौका प्रदान गर्ने छ, वेनरले बताए ।   उनीहरुले गरेको सम्झौता सन् २०१६ मा नै कार्यान्वयनमा ल्याइने छ । यो कदमले माइक्रोसफ्टलाई मात्रै सफ्टवेयर कम्पनीभन्दा माथि उठाउने छ भने लिङ्क्डइनको सामाजिक सञ्जालको उन्नति पथका लागि प्रोत्साहन गर्नेछ ।   लिङ्क्डइनको अहिले विश्वभर चार अर्ब तीन करोड ३० लाख सदस्य रहेका छन् । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.