काठमाडौं, १५ असार- व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार भन्ने मूलनाराकासाथ बुधबार १३औं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव मनाइयो । धान दिवस एवं रोपाइँ महोत्सवमा स्वदेशीसहित विदेशी पर्यटकहरु पनि सहभागी भए।
कृषि विभाग एवं बाली विकास निर्देशनालयले ललितपुरको महालक्ष्मी नगरपालिका सिद्धिपुरमा गरेको कार्यक्रममा विभागका महानिर्देशक डा. युवकध्वज जीसीले आगामी तीन वर्षभित्रमा मुलुक धानमा आत्मनिर्भर हुने दाबी गरे । धानको उत्पादन बृद्धि गर्न उत्पादकत्व बृद्धि गर्नुपर्ने भन्दै उनले त्यसका लागि उन्नत बीउको प्रयोग, सिँचाइ, यान्त्रिकीकरण, कृषि प्राविधिकको प्रयोगको आवश्यकता रहेको बताए।
कृषिक्षेत्रमा देखिएको समस्याको समाधान कृषि मन्त्रालयबाटमात्र सम्भव नरहेको उनको भनाइ छ । कृषिसँगै ऊर्जा, सिँचाइ, सडक, भन्डारण, मूल्य निर्धारणसमेतको सम्बन्ध रहेकाले समग्र कृषिक्षेत्रको विकासका लागि अरु निकायको पनि सहयोग आवश्यक रहेको उनको भनाइ छ। DCNepal
तीन वर्षभित्र मुलुक धानमा आत्मनिर्भर
Powered by Blogger.
0 comments
प्रतिक्रिया दिनुहोस्...