अस्ट्रेलियामा बलत्कारको आरोपमा जेल सजाय भोगिरेका एक नेपाली भाग्न खोज्दा फेरि पक्राउ परेका छन् ।
सन् २००९ मा विद्यार्थी भिषामा अस्ट्रेलिया आएका अमित हमाल (२७) क्रोकोडायल पार्क हेर्न गएको बेला भाग्न खोज्दा पक्राउ परेकाे अस्ट्रेलियाकाे अनलाइन एबीसी डट नेट डट एयूले उल्लेख गरेकाे छ । डार्विन नजिकै रहेको इमिग्रेशन डिटेन्सनमा उनलाई थप १४ दिन थुनामा राख्न आदेश दिइएको छ ।
हमालको भिषा सन् २०११ मा रद्ध गरिएको थियो । उनलाई बलात्कारको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको थियो । उनले ४४ वर्षिया महिलालाई सुतिरहेको अवस्थामा बलात्कार गरेको पुष्टि भएको थियो ।
डार्विनको स्थानीय अदालतले हमाल भाग्नकै लागि पार्क गएको र त्यहाँबाट काँडेतार नाघेर भाग्ने प्रयास गरेको भनेको छ ।
सुरुमा प्रहरीलाई झुक्याउन उनी झाडीतिर गएका थिए । त्यहाँबाट भागर नजिकैको बौद्ध मन्दिरमा पुगेका हमाललाई ट्याक्सीमा डार्विन फर्कने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
म्याकक्रोनले थप्दै भनिन्, ‘हमाल भाग्ने बेलामा राम्रो मानसिक अवस्थामा थिएनन्, उनी आशाबिहिन थिए ।’
न्यायधिस माइकल क्यारीले हमाललाई १४ दिन थुनामा राख्न आदेश दिएका थिए । पुर्पक्षका लागि राखिएका हमाललाई त्यहाँको स्थानीय अदालतले अर्को साता पर्थ लैजान आदेश दिएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...