-->
१०४ वर्षीया वृद्धासहित ५८ जना ज्येष्ठ नगरिक सम्मानित


बिर्तामोड, जेठ २२ । खप्तड वुढाथोकी क्षेत्री सेवा समाजले ८० वर्ष माथिका ५८ जना ज्येष्ठ नागरिकलाई आज आयोजित एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
कोटिहोमस्थित वुढाथोकी वन्धुहरुको आश्रममा समाजको दोस्रो साधारण सभाको अवसर पारेर १०४ वर्षीया वृद्धा लक्षीमा वुढाथोकी सहित ५८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । जसमा २६ जना महिला र ३८ जना पुरुष रहेका छन् ।
उनीहरुलाई कार्यक्रमाका प्रमुख अतिथि तथा समाजका केन्द्रीय अध्यक्ष विकेन्द्रदीप वुढाथोकीले सम्मान गर्नुभएको थियो । सम्मानित सवैलाई दोसल्ला ओढाएर खानेकुराम प्रदान गर्दै टेक्ने लौरो समेत प्रदान गरिएको थियो । समाजका उपाध्यक्ष विष्णुवहादुर वुढाथोकीले स्वागत गरेको कार्यक्रममा मानवहादुर वुढाथोकीले आर्थिक प्रतिवेदन र औचित्यमाथि प्रकाश काजी वुढाथोकीले पार्नुभएको थियो । कार्यक्रममा सम्मानित व्यत्तित्व जगतवहादुर वुढाथोकी , कुन्ती वुढाथोकी लगायतले बोल्नुभएको थियो कार्यक्रमको सञ्चालन इन्द्र वुढाथोकीले गर्नुभएको थियो । यसैवीच समाजको दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने बताइएइको छ । पुर्बेलीन्युजबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.