-->
शान्ता चौधरीको प्रश्न- राष्ट्रिय सरकारका लागि प्रचण्ड कुन आधारमा ओली भन्दा योग्य ?

काठमाडौं, २२ जेठ । नेकपा एमालेकी नेतृ एवं पूर्व सभासद शान्ता चौधरीले सरकार परिवर्तनको बहस भइरहेका बेला शनिबार आफ्नो धारणा राखेकी छिन् ।

उनले केही दिनयता राष्ट्रिय सहमतिको सरकार गठनको चर्चाले तीव्रता पाएको भन्दै हालका प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने उल्लेख गरेकी छिन् ।

उनले प्रश्न गरेकी छिन्- एउटा जिज्ञासा केपी ओलीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन चाहि किन सकिदैन ? प्रचण्ड कुन आधारमा केपी ओली भन्दा राष्ट्रिय सहमतिको सरकारका लागि योग्य छन ? सत्ता राजनीतिको गोलचक्करमा देश ।’

बजेट घोषणा भएसँगै पछिल्लो समय वर्तमान सरकार परिवर्तनका लागि माओवादीबाट तीव्र रुपमै लविङ भइरहेको छ । यही कारण एमाले र माओवादीबीच दुरी बढेको बताइन्छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.