-->
विप्लव माओवादीका नेता पक्राउ

दमौलीः स्काभेटर जलाएको घटनामा संलग्न भएको आरोपमा तनहुँ प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव' नेतृत्वको नेकपा माओवादीका जिल्ला नेता पक्राउ गरेको छ ।

घाँसीकुवाको रामथुम्कीमा केही दिन अघि स्काभेटरमा आगो लगाएको अरोपमा प्रहरीले विप्लव माओवादीका जिल्ला सचिव निरु थापालाई पक्राउ गरेको हो ।

चुनढुंगा निकाल्ने काममा संलग्न पर्साको पशुपती क्यारिटी कम्पनीका दुई नयाँ एस्काभेटरमाथि आगलागी भएको थियो । सोही घटनामा अनुसन्धानका लागि थापालाई नियन्त्रणमा लिइएको तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

‘प्रारम्भिक चरणमै रहेकाले उनको संलग्नाबारे धेरै भन्न सकिने अवस्था छैन,' उनले भने, ‘विश्वस्त सूचनाका आधारमा नियन्त्रणमा लिइएको हो ।'

कम्पनी स्रोतले एक समूहबाट चन्दा माग भएको तर नदिइएका कारण आक्रमण भएको बताएको थियो । प्रहरीले केही दिनभित्रमै घटनाबारे तथ्य सार्वजनिक गर्ने बताएको छ ।

जिल्ला सचिव थापालाई नियन्त्रणमा लिइएको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीले आन्दोलन कार्यक्रम घोषणा गरेको छ ।

पोखरामा सम्पन्न ब्युरो बैठकबाट फर्कने क्रममा थापालाई गृह प्रशासनको आदेशमा पक्राउ गरिएको दाबी गर्दै पार्टीले विनाशर्त रिहाइको माग गरेको छ ।
 
तत्काल रिहा गर्न माग गर्दै पार्टीका गण्डक इन्चार्ज सावित्रा दुरा तथा जिल्ला इन्जार्ज डम्बर विकले विज्ञप्ति सार्वजनिक गरेका छन् ।  

विज्ञप्तिमा तत्काल रिहा नगरे नेपाल बन्द गर्ने चेतावनी समेत दिइएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.