-->
बेलायती महारानी एलिजाबेथको ९०औँ वर्षको जन्मदिन मनाइयो

 बेलायतकी महारानी एलिजाबेथ द्वितियाले आइतबार ९०औँ जन्मदिन मनाउनुभएको छ ।

लन्डनमा बकिङ्गघम दरवार परिसरमा हजारौं व्यक्तिको सहभागीतामा महारानीले आफ्नो जन्मदिन मनाउनुभएको हो ।

सो जन्मदिन समारोहमा १० हजार भन्दाबढी व्यक्ति जम्मा भएका अनुमान गरिएको छ । उक्त समारोहमा उहाँका पति राजकुमार फिलिप र नातिहरु राजकुमार विलियम र हेरी पनि उपस्थिति रहनुभएको बताइएको छ ।

राजसंस्था आवद्ध सङ्गठनकर्मीलाई समारोहमा सहभागीताको लागि १५० पाउण्ड बराबरको टिकटको बस्दोबस्त गरिएको बताइएको छ ।

महारानी एलिजाबेथका नाती तथा पेटर फिलिपका छोरा आनेद्वारा आयोजित यो समारोह कुनै नाफामूलक कार्यको लागि नभएको जनाइएको छ ।

महारानीको ९०औँ जन्मदिनको औपचारिक कार्यक्रम बेलायतमा गत शुक्रबारबाट नै सुरु गरिएको थियो ।

बेलायतमा राजपरिवारको २५० वर्ष अघिदेखिको पराम्पराअनुसार महारानीले वर्षमा दुई पटक जन्मदिन मनाउनुहुन्छ ।

उहाँको खास जन्ममिति सन् १९२६ को अप्रिल २१ मा पर्दछ । तर औपचारिक जन्मदिनको रुपमा प्रत्येक वर्ष जुन महिनामा मनाउने गरिएको बताइएको छ । रासस/एएफपी




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.