-->
उपेन्द्र यादवले भने- कांग्रेस, एमाले र माओवादी नेता डेट एक्सपायर मेडिसिन


जेठ २५ , काठमाडौं : संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले आफुहरु सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने बताएका छन्।
संघीय गठबन्धनले मंगलबारदेखि सुरु गरेको रिले अनसनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले सरकार बनाउने र गिराउने खेलको जिम्मा एमाले, माओवादी केन्द्र र कांग्रेसले मात्र लिएको दावी गरे। 'सरकार बनाउने र भत्काउने खेलमा मधेसी मोर्चा र संघीय गठबन्धन लाग्दैन त्यो जिम्मा एमाले माओवादी र कांग्रेसले लिएका छन्' उनले भने 'हामी सरकारमा सहभागी पनि हुँदैनौं।'
उनले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरु डेट एक्सपायर औषधिजस्तो भएको दावी गरे। अहिले सबै नेताहरु टेस्टेड हुन्, देउवाजी टेस्टेड हुन्, प्रचण्डजी टेस्टेड हुन्, झलनाथजी टेस्टेड हुन् उनले भने उनीहरु फेल भएका छन् डेट एक्सपायर मेडिसिन जस्तै हुन्।' यादवले अहिले मुलुकले मधेस र जनजाति समुदायले उठाएको मागको संबोधन खोजेको भन्दै नयाँ सरकार मात्र नखोजेको दावी गरे।
अहिलेको सरकार तस्कर, माफिया, कालाबजारी र भ्रष्टाचारीले चलाएको आरोप लगाउँदै यादवले यो सरकारले आफुहरुको माग पूरा गर्न नसक्ने जिकिर गरे। 'यो सरकार तस्कर,माफिया, कालाबजारी र भ्रष्टाचारीको संयुक्त मोर्चा हो,यसले मुलुकलाई धरापमा पारेको छ' उनले भने 'जसले धरापमा पार्छ उसले समस्या समाधान गर्न सक्दैन।'
यादवले संविधानमा रहेका विभेदकारी प्रावधान र त्रुटीपूर्ण दफाहरु परिवर्तन गरेर संविधान संशोधन गर्नुपर्ने बताए। 'यो संविधानलाई सबैले हाम्रो संविधान भन्न पाउनुपर्छ' उनले भने त्यसका लागि संशोधन माध्यम हो भने पुनर्लेखन कार्य हो।'- पहिलोपोस्ट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.