-->
फेसबुकमा फैलिदैछ ‘Video’ तथा सेक्स भाइरस, यसरी जोगाउनुस आफ्नो एकाउन्ट

 

सोशल नेटवर्किंग साइट फेसबुकमा खतरनाक भाईरसले निकै तनाब दिएको गुनाशो बढेकोले साझा सबाल अनलाइनले तपाइँलाई त्यस खालको खतरनाक भाइरसबाट कसरी जोगिने भन्ने बारे सिकाउने प्रयास गरेको छ ।
केहि दिन यता फेसबुक प्रयोग कर्ताहरुको फेसबुक चाटबाट अटो चाट मार्फत भिडियो भाईरस अरुको चाट बक्समा जाने समस्या देखिँदै आएको छ । त्यस्तै बिभिन्न फेसबुक ग्रुपमा सेक्सका भिडियोहरु तपाइँको फेसबुकको नाममा आफै सेयर हुने समस्या देखिन थालेको छ । यदी तपाइको पनि इनबक्समा यस्तै भाइरस आएको छ भने वा तपाइको नामबाट सेक्सक तश्विरहरु सेयर भएका छन् भने अब समस्याको समाधान हामी दिन्छौं ।

फेसबुकको यो भाइरस तथा पछी यस्तै भाइरसबाट जोगिन के गर्ने जान्नुहोस् …

भाइरसबारे कसरी चिन्ने ?

– यो भाइरस तपाईलाई थाहानै नदिई तपाइँ मार्फत तपाइको साथीको इनबक्समा म्यासेजको रुपमा जाने गर्छ ।
– यो म्यासेज यस्तै खालको हुन्छ : For Ex- Video-8223। (चित्रमा पनि हेर्न सक्नुहुन्छ)
facebook-virus_1
– जसले त्यो भाइरस म्यासेज देख्छ तब उसले भिडियो हेर्नको लागि क्लिक गर्छ, तब त्यो भाइरस उसको एकाउन्टमा पनि सल्किन्छ ।
– तब बिभिन्न समस्या देखिन्छ , फेसबुक एकाउन्टनै लग आउट नहुन सक्छ भने तपाइँकोबाट पनि यस्तै म्यासेजहरु अरुलाई जान सक्छ । यस्तै भाइरसको कारण तपाइले सेयरनै नगर्नु भएका नांगा फोटाहरु पनि सेयर हुन सक्छन्। जस्तै अहिले फेसबुकमा तलको जस्ता अति अश्लिल कुराहरु आफै कुनैपनि व्यक्तिको फेसबुकबाट सेयर हुन थालेको छ । जस्तै:

aslil

यस्तो भाइरसबाट जोगिन के गर्ने ?

तरिका १.

– कुनैपनि नचाहिने गुगल क्रोम एक्सटेन्शन हटाउने गर्नुस् ।
– यसको लागि तपाइँले चलाउने गुगल क्रोमको Settings मा जानुहोस् ।
– अब पेजमा बायाँपट्टि माथि History भन्दा मुनि Extensions भन्ने अप्शन देखिन्छ ।
facebook_1461817851
– Extensions मा क्लिक गरेपछी क्रोम एक्सटेन्शन्सको लिस्ट देख्नुहुनेछ ।
– अब ति एक्सटेन्शन्ससंगै दिईएको डिलीट वा रिमुभ बटनमा क्लिक गर्नुहोस् ।
facebook_3
– तपाईलाई शंका लागेको क्रोम एक्सटेन्शनलाई हटाईसकेपछी अब तपाइँ आफ्नो फेसबुक एकाउन्टको पासवर्ड परिवर्तन गर्नुहोस ।

तरिका २.

जब तपाइले आफ्नो स्मार्ट फोनमा कुनै ऐप्स डाउनलोड गर्नुहुन्छ वा कुनै लिंकमा क्लिक गर्नु हुन्छ त्यस्तो बेला तपाइँले गलत एप्स डाउनलोड गर्दा वा कुनै वेबसाइट हचुवा लागिन गर्नु निकै खतरनाक हुनसक्छ । यस्तो अवस्थामा उसले तपाइको फेसबुकको सुरक्षा उसले लीईसकेको हुन्छ ।
त्यसपछि कुनैपनि बेला तपाइँको एकाउन्टबाट फेसबुकमा पोर्न भिडियोहरु सेयर हुनसक्छन । अहिले ग्रुपमा बिभिन्न व्यक्तिहरुले सेयर गरेको पोर्न भिडियोहरु देख्न सकिन्छ । बिभिन्न कारण तपाइँहरुले आफ्नो फेसबुकको एक्शेस अरुलाई दिनु हुन्छ जस्तै तलको तश्विरमा हेर्नुहोस्
facebook vv
यस्तो कुरा तपाइको चासोको बिषय हुन्छ तब तपाइले आफ्नो बारे पनि जान्न चाहनु हुन्छ । उसले तपाइको फेसबुक एक्सिस माग्छ तब तपाइले उसलाई त्यो एक्सिस दिनुहुन्छ अनि यसपछी तपाइको फेसबुक सुरक्षामा असर पर्न सक्छ ।

यसबाट बच्न के गर्ने ?

– फेसबुक एकाउंटमा गएर Settings मा क्लिक गर्नुहोस् ।
– सेटिंग मुनि App मा क्लिक गर्नुहोस् ।
– अब तपाइले सबै ऐप्स देख्नु हुन्छ, जसलाई तपाइले झुक्किएर वा कुनैबेला फेसबुक ID बाट एक्सिस दिनु भएको थियो ।
– देखाइएको एप्सहरु मध्ये तपाईलाई आवश्यक नपर्ने एप्सहरु हटाउन सक्नुहुन्छ ।
– नचाहिने ऐप्सहरुलाई रिमूभ गर्नुहोस ।
– ऐप्सहरु तपाइको एकाउन्टबाट हटेपछी एकपटक फेरी आफ्नो फेसबुक पासवर्ड परिवर्तन गर्नुस् तव तपाइको फेसबुक सुरक्षित बन्नेछ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.