-->
"दुर्गम गाँउमा गएर सेवा गर्ने सोच छ" - डा. सलुजा पोख्रेल


दुर्गम जिल्ला रोल्पाको घोडागाँउकी डा. सलुजा पोख्रेलले नेपाल मेडिकल कलेजबाट एमबीबीएस अध्ययन गरेकी हुन् । दुर्गम क्षेत्रका बिरामीले पाइरहेको दुःखलाई राम्ररी बुझेकी पोख्रेलको पनि गाउँमा नै गएर सेवा गर्ने सोच छ ।

बुबाले कम्युनिटी अप्थाल्मोलोजी पढेका कारण उनमा पनि सानैदेखि डाक्टर बन्छु भन्ने सपना थियो । लिटिल एन्जल्स स्कुलबाट एसएलसी र प्लसटु गरेपछि उनी बाल्यकालदेखिको सपना पूरा गर्न एमबीबीएस अध्ययनमा लागेकी हुन् ।

अहिले उनको त्यो सपना पूरा भएको छ । उनी अब एमडी गर्ने योजनामा छिन् । उनी पौडी र नृत्यमा समेत रुची राख्छिन् ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.