-->
फीटनेश वल्र्ड च्याम्पियनशीपमा सन्तोषलाई एक रजत र काँस्य

हंगेरीको बुडापेस्टमा आयोजना भएको आईएनबीए फीटनेश वल्र्ड च्याम्पियनशीपमा नेपाली मुलका सन्तोष श्रेष्ठले एक रजत र एक काँस्य पदक जितेका छन्।

श्रेष्ठसँगै सहभागी अन्य दुई खेलाडी सन्जिव चौधरी र प्रकृती श्रेष्ठले भने पहिलो सहभागितालाई सफल बनाउदै प्रमुख पाँच स्थानभित्र आफूलाई पार्न सफल भएका छन्।

सन्तोषले फीजिक क्याटोगरीमा काँस्य पदक र प्रो डिभिजनमा रजत पदक जितेका हुन्। यसअघि पनि सन्तोषले बिश्व च्याम्पियनशिपमा स्वर्ण पदक जितिसकेका थिए। आफ्नो स्पर्धा नभएको कारण यस पटक सन्तोषले स्वर्ण हात पार्न कठिन भएको बताए।

बुडापेष्टबाट सेतोपाटीसँग कुराकानी गर्दै सन्तोषले भने, ‘पहिलो पटक फरक बिधामा प्रतिस्पर्धा गर्दा रजत र कास्यमै चित्त बुझाउनु पर्यो। उनीसँगै अस्ट्रेलियाको प्रतीनिधित्व गर्दै बुडापेष्ट पुगेका अन्य दुई नेपाली खेलाडी सन्जिबले पाँचौ स्थान र प्रकृतिले पनि प्रमुख पाँच भित्र आफूलाई पार्न सफल भए।

उनीहरुले जितमा अस्ट्रेलिया र नेपालको झण्डा फहराएका थिए।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.