-->
१८ हजारमा टेलिकमको फाइबरबाट ६ सय जिबी डाटा वर्षदिन चलाउन पाइने

काठमाडौं, असार १ - नेपाल टेलिकमले फाइबर टु द होम इन्टरनेट सेवाको महसुल दर परिमार्जन गरेको छ । जस अनुसार ३ महिनामा प्रयोग गरिसक्ने गरी १ सय २० जिबी डाटाको प्याकेज लिँदा ५ हजार १ सय ६० रुपैयाँ तिर्नु पर्ने छ ।

६ महिनामा प्रयोगगर्ने गरी २ सय ५० जिबी डाटाको प्याकेजको ९ हजार १ सय २० रुपैयाँ र एक वर्षमा सकिने ६ सय जिबी डाटाको प्याकेज १८ हजार २ सय ४० रुपैयाँमा पाइने छ । डाटा रहँदासम्म १० 
एमबिपिएसको गतिमा र आफूले खरिद गरेको डटा प्रयोग भइसकेपछि पनि १ सय ९२ केबिपिएसको गतिमा इन्टरनेट चल्ने नेपाल टेलिकमले जनाएको छ । १ सय एमबिएसको गतिमा ६ सय जिबीको डाटा एक वर्षसम्म चलाउँदा भने २३ हजार ४० रुपैयाँ शुल्क लाग्ने छ । यो महसुल असार ३ गतेदेखि लागु हुने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

यस्तै फाइबर टु होम इन्टरनेट प्रयोगका लागि चाहिने सिपिई डिभाइसको शुल्क पन परिवर्तन गरिएको छ । ३ महिनाको प्याकेज लिनेले सिपिईका लागि ५ हजार ६ महिनाको प्याकेज लिनेले २ हजार रुपैयाँ तिर्नु पर्ने छ ।

१ वर्षको प्याकेज लिनेले सिपिई डिभाइस निशुल्क पाइने टेलिकमले जनाएको छ । फाइबर टु होम इन्टरनेट लिँदा आवश्यक पर्ने तार १ सय मिटर निशुल्क दिने र त्यो भन्दा बढीको प्रतिमिटर २० रुपैयाँ लाग्ने वैद्यले जानकारी दिनुभयो । 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.