-->
संघीयता खारेजी माग्दै सत्तारुढ जनमोर्चा नै आन्दोलनमा

असार १, २०७३- संघीयता खारेजी माग्दै सत्तारुढ राष्ट्रिय जनमोर्चा नै आन्दोलनमा उत्रने भएको छ ।

संघीयताले मुलुकको राष्ट्रियता विखण्डनको दिशातर्फ लगेको भन्दै जनमोर्चा खारेजीको माग गर्दै बिहीबारदेखि आन्दोलनमा उत्रने भएको हो ।

जनमोर्चा महासचिव जनकराज शर्माले संघीय प्रणाली नेपालको वस्तुस्थितिसाग मेल खान नसक्ने बताए । ‘संघीयताले नेपालको जातीय, क्षेत्रिय सदभाव र एकता खलबल्याउँछ, संघीयताले हिमाल र पहाडबाट तराई अलग गराएर भारतीय संघमा विलय गराउने भारतीय स्वार्थलाई टेवा पुर्याएको छ,’ उनले भने, ‘त्यसैले हामी यसको तत्काल खारेजीको माग गर्छौं ।’

गणतन्त्रलाई संस्थागत गर्न र संविधान लागु गर्न संघीयता नै बाधक भएको शर्माले बताए ।

जनमोर्चाले असार २ गतेदेखि १९ गतेसम्म गाउँ र जिल्लास्तरिय कोणसभा गर्ने जानकारी दिएको छ । पार्टीले असार २० गतेदेखि असार मसान्तसम्म जिल्लास्तरीय सभा एवं कोण सभा गर्ने भएको छ ।

आगामी साउन २ गतेदेखि श्रावण मसान्तसम्म देशका प्रमुख स्थान र सदरमुकाममा जनमोर्चाले राष्ट्रियताको रक्षा र संघीयताको खारेजी विषयक अन्तर्क्रिया कार्यक्रम गर्ने भएको छ ।





0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.