-->
अम्बाका कैयौँ फाइदा ! जस्को सेवनबाट भाग्छन् रोग टाढा – टाढा

काठमाडौँ । गाउँघर तथा शहर जहाँतही पाइने फल हो अम्बा । सिजनमा बाहेक बेसजिनमा समेत अम्बा शहरी क्षेत्रमा पाइन्छ । जसका कैयौँ फाइदा छन् ।
अम्बाले प्रतिरोधात्मक शक्ति बढाउँछ
अम्बा केवल स्वादका लागी मात्रै प्रयोग नभई प्रतिरोधात्मक शक्ति बढाउनका लागी पनि उत्तम मानिन्छ । यसले पाचन प्रणलीलाई चुस्त राख्नुका साथै मानिसलाई स्वस्थ रहन मद्धत गर्छ । दैनिक २ वटा मध्यम आकारका अम्बाले नै भिटामिन सिको कमीलाई हटाउँछ ।
गर्भवती महिलाहरुका लागी अति उत्तम
फोलिक एसिड, विटामिन बी९९ले भरीएको अम्बा गर्भवती महिलाहरुका लागी अझ लाभदायक हुन्छ । यसको प्रयोगले बच्चाको न्यूरोलोजिकल डिसअर्डर नियन्त्रणमा आउँछ ।
आँखाको लागी पनि लाभदायक
गाजर जस्तै अम्बा पनि भिटामिन एका लागी उत्तम मानिन्छ । पोषक तत्वले भरीएको अम्बाको सेवनले आँखा सम्बन्धी समस्या निर्मुल पार्न मद्धत गर्छ । भिटामिन एको कमी भएर हुने रतन्धोबाट पनि अम्बाको सेवनले बचाउँछ ।
सुगरका बिरामीका लागी रामबाण
चाइनीज मेडिसीनमा अम्बालाई डायबिटीज कम गर्ने मानक नै मानिन्छ । एक अध्ययनका अनुसार अम्बाको जुस पिउनाले चिनी रोगको स्तर नै कम हुन पुग्छ । अम्बामा फाइबरको मात्रा धेरै हुने हुनाले सुगरका बिरामीलाई यो रामबाण नै साबित हुने हालैको एक अध्ययनले प्रमाणित गरेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.