-->
प्रधानमन्त्री ओलीले बोले अनुसार पेट्रोलियम पाइपलाइन निर्माण अघि बढ्यो

२४ जेठ, काठमाडौं ।
भारतीय नाकाबन्दीपछि अघि बढ्न नसकेको रक्सौल–अमलेखगन्ज ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना अघि बढ्ने संकेत देखिएको छ । रक्सौल–अमलेखगन्ज ४१ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण कार्यलाई गति दिन दिल्ली गएको टोलीले सोमबारदेखि संवाद थालेको छ ।
मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण परियोजना अघि बढ्न सकेको थिएन । नेपाल आयल निगम (एनओसी) र भारतीय आयल निगम(आईओसी)का प्रमुखस्तरमा उक्त पूर्वाधार निर्माण कार्यलाई गति दिनेबारे सोमबारदेखि छलफल आरम्भ भएको छ ।
पेट्रोलियम पाइपलाइन निर्माण कार्यलाई गति दिनेबारे छलफलका लागि आइतबार दिल्ली गएको रक्सौल–अमलेखगन्ज पाइपलाइन निर्माण योजनाका नेपाल संयोजक भानुभक्त खनालसहितका टोलीले छलफल थालेको हो । वार्तामा भाग लिन नेपालका तर्फबाट नेपाल आयाल निगम बोर्डको पदेन अध्यक्षको हैसियतमा आपूर्ति सचिव श्रीधर सापकोटाको नेतृत्वको टोली पनि दिल्ली जाने बताइएको छ ।
गत भदौ ७ गते उक्त पाइपलाइन निर्माणसम्बन्धी सम्झौता भएको थियो । मन्त्रीस्तरमा भएको सम्झौता पत्रमा तत्कालिन वाणिज्य मन्त्री सुनिलबहादुर थापा र भारतको प्राकृतिक तथा पेट्रोलियम ग्यास मन्त्री धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेका थिए । दुबै निगमका अध्यक्ष स्तरमामा वार्ता भइसकेपछि त्यसलाई कार्यान्वय गर्न प्राविधिक र कार्यस्तरमा वार्ता र समन्वय अघि बढ्ने बताइएको छ ।
नेपालतर्फ ३९ किलोमिटर र भारतर्फ २ किलोमिटर लम्बाइ रहने उक्त पाइपलाइन निर्माणको प्रारम्भिक लागत ४ अर्ब ४० करोड अनुमान गरिएको छ । श्रोत हाम्रो संदेश बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.