-->
संविधानबाटै हिन्दू राज्य ल्याउने जिकिर-कमल थापा

काँकडभिट्टा (झापा), २४ जेठ । उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले वर्तमान संविधानले दिएको अधिकार प्रयोग गरेर हिन्दू राज्य स्थापना गराउने पार्टीको लक्ष्य रहेको बताएका छन  ।

बिर्तामोडमा आज अपराह्न आयोजित ‘हिन्दूत्व जागरण सभा’लाई सम्बोधन गर्दै उनले संविधानका प्रावधान परिवर्तन गर्न संविधान बाधक छैन, हामी यही संविधान प्रयोग गरेरै हिन्दू राज्य ल्याउँछौँ भने  ।

राप्रपा नेपाल झापाले आयोजना गरेको कार्यक्रममा पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले जातीय एकता र धार्मिक सहिष्णुताका लागि हिन्दू राज्यको आवश्यकता औँल्याएका  थिए  । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.