-->
एम्बुलेन्स निःशुल्क नमिलाएको भन्दै डा अवस्थीलाई कालोमोसो !

बैतडी – जिल्ला अस्पताल बैतडीका प्रमुख डा गुणराज अवस्थीमाथि दुव्र्यवहार गरिएको छ । दशरथचन्द नगरपालिका–१ का स्थानिय महिलाहरुले अस्पतालमा कार्यरत अवस्थामा डा अवस्थीलाई  कालोमासो दलेर दुव्र्यहार गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार दिउसो तीन महिलाले अचानक आएर कालोमोसो दलेका हुन् । एक जनाले हात समातेर दुर्यजनाले कालोमोसो दलेको प्रहरी नायव उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।

डा अवस्थीले एक हप्ता अघि (गत जेठ १६ गते) पेटमा तीन बच्चा भएकी एक महिलालाई जिल्ला अस्पतालमा उपचार हुन नसक्ने भन्दै क्षेत्रीय अस्पतालमा रिफर गरेका थिए । तर, आफन्तले उनलाई क्षेत्रीय अस्पताल नलिइ घरमै राखेका थिए । फेरि शनिवार जिल्ला अस्पतालमै ती महिला आएपछि डा अवस्थीले आफन्तलाई ज्यान जोखिममा रहेकाले क्षेत्रीय अस्पताल नपुर्याएको भन्दै हप्काएका थिए ।

यसक्रममा आफ्नो आर्थिक अवस्था कमजोर भएको ती महिलाका आफन्तले बताए । डा अवस्थीले गाडीभाडा स्वरुप आफ्नो तर्फबाट रु १ हजार  र जिल्ला अस्पतालका तर्फबाट १ हजार ५ सय गरी २५ सय दिएर पठाए । तर, बिरामीका आफन्तले भने एम्बुलेन्स नै डाक्टरले मिलाइदिनुपर्ने जिकिर गरे । डाक्टर अवस्थीका अनुसार जिल्ला अस्पताल बैतडीको एम्बुलेन्स बाहिर थियो ।
त्यसैले दशरथचन्द प्रतिष्ठानको एम्बुलेन्स मगाएर  धनगढी लैजान भनेको बताए ।

पछि डाक्टरले एम्बुलेन्स निःशुल्क नदिएको भन्दै दुव्र्यहार गरिएको प्रहरीले जनाएको छ । आफू इमर्जेन्सीमा बिरामी हेरिरहेका बेला अचानक दुव्र्यहार गरिएको डाक्टर अवस्थीले बताए । उनले भने, ‘आर्थिक अवस्था कमजोरी भएको भनेकाले जिल्ला अस्पतालले १ हजार ५ सय र स्वयं आफैले १ हजार उपचार खर्च दिएको थिएँ । आज अचानक दुव्र्यहार गरे  ।’ जिल्ला प्रहरी कार्यालयले दुव्र्यवहार गर्ने ३ जना महिलालाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिएका महिलाहरुलाई कानुनी कारवाही गरिने प्रहरी प्रमुख डिएसपि पोखरेलले बताए । उनले भने, ‘कानुन हातमा लिने काम भएको छ, कानुन हातमा लिन खोज्नेलाई कारवाही हुन्छ ।’

यसैबीच डा. अवस्थीमाथि दुव्र्यवहार भएको र सेवा दिने स्वास्थ्यकर्मीको सुरक्षा नभएको भन्दै जिल्ला अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले बताए । ड्युटीमा रहेका डाक्टरमाथि दुव्र्यवहार भएकाले दोषीमाथि कारवाही नहुँदा सम्म सेवा ठप्प पारिने उनले बताए ।

नेपालका ४७ दुर्गम जिल्लामा पुगेर उपचार सेवा दिएका डा अवस्थी सरकारी डाक्टरमध्ये रोलमोडल मान्छिन् ।  स्वास्थ्य सुचकांकका दृष्टिले बैतडी ७२ औं नम्बरमा रहेको बैतडीलाई उनले १० औं नम्बरमा ल्याउन सफल भएका थिए ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.